Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

निरज थारुको अर्को नयाँ म्युजिक भिडियो ‘अहाँ हमर जान यौ’(भिडियो हेर्नुहोस्)

निरज थारुको अर्को नयाँ म्युजिक भिडियो ‘अहाँ हमर जान यौ’(भिडियो हेर्नुहोस्)

राजविराज, ४ माघ । मैथिली तथा थारु क्षेत्रका चर्चित मोडेल निरज चौधरी थारुको अर्को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
एकदमै कम समयमा अत्यधिक चर्चामा आएका उनको ‘अहाँ हमर जान यौ’ बोलको मैथिली म्युजिक भिडियो छिन्नमस्ता फिल्म्स अफिसियल यु–ट्युब च्यानलबाट हालै मात्र सार्वजनिक भएको हो । मोडेल निरजसँगै उक्त म्युजिक भिडियोमा मोडेल प्रिती चौधरीले साथ दिएकी छिन् ।
चर्चित युवा गायक सन्नु कुमार तथा अन्जु यादवको कर्ण स्वर रहेको गीतमा सरोज मण्डलको शब्द तथा शैलेन्द्र विश्वकर्माको सङ्गीत रहेको छ । गीतको भिडियोको निर्देशन चर्चित निर्देशक राजु राजदेव चौधरीले निर्देशन गरेका छन् । क्यामरामा यज्ञ पराजुली, नृत्य निर्देशन सञ्जय साह र ड्रन क्यामरामा नगिन धिमालले आफ्नो कौशलता प्रस्तुत गरेका छन् ।

भिडियो हेर्नुहोस्

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।