• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

लिटिल फ्लावर माविमा सप्ताह व्यापी स्पोर्टस मिट्स सम्पन्न

लिटिल फ्लावर माविमा सप्ताह व्यापी स्पोर्टस मिट्स सम्पन्न

राजविराज, ४ माघ । सप्तरीको राजविराज स्थित लिटिल फ्लावर माध्यमिक विद्यालयमा शुक्रवार यशोदा स्मृति भलिवल रनिङ्ग च्याम्पियनशिप तथा सप्ताह व्यापी स्पोर्टस मिट्स सम्पन्न भएको छ ।
यशोदा स्मृति भलिवल रनिङ्ग प्रतियोगिताको ११औं संस्करण अन्तर्गत विजेता, उपविजेता टिमसहित उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको छ । टेबल टेनिस, दौड, सटपुट, ज्याभलिङ्ग थ्रो, हाइजम्प, लङ्ग जम्प, स्लो साइक्लिङ्ग खेलमा प्रथम, द्वितिय र तृतिय स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ ।
सोही अवसरमा अभिभावकहरुबीच भएको म्युजिकल चेयरलगायत विभिन्न मनोरञ्जनात्मक खेल समेत आयोजना गरिएको थियो । लिटिल फ्लावर माध्यमिक विद्यालयका निर्देशक एवं राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. कामानन्द देवको अध्यक्षतामा आयोजित फाइनल खेलको आरम्भ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गरे । बिशिष्ठ अतिथी जिल्ला शिक्षा इकाईका प्रमुख शंकरराज लुइटेल, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, पत्रकार शिवहरी भट्टराई र चन्दन यादवलगायतले शुभकामना व्यक्त गरे ।
विद्यालयको विकासमा महत्वपूर्ण योगदान पु¥याउने पूर्व प्राचार्य नन्दलाल आचार्य, अभिभावकहरु बैद्यनाथ यादव र अहिल्यादेबी देवलाई प्रशंसापत्र र दोसल्लाले सम्मान गरिएको छ । विद्यालयका संस्थापक स्व. यशोदादेवी देवको सम्झनामा २०६५ सालदेखि विद्यालयले प्रत्येक वर्ष भलिबलसहित विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्दैआएको छ ।