• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अज्ञात समूहको गोली प्रहारबाट घाइते हवल्दारलाई काठमाण्डौ लगियो

अज्ञात समूहको गोली प्रहारबाट घाइते हवल्दारलाई काठमाण्डौ लगियो

राजविराज, ३ माघ । सप्तरीको खडग नगरपालिका वडा नम्वर–८ विसनपुर चौकमा अज्ञात समूहले गरेको गोली प्रहारबाट गम्भिर घाइते भएका प्रहरी हवलदारलाई थप उपचारकालागि विहीबार काठमाडौं पठाइएको छ ।
विसनपुर–बोदेवर्साइन सडकखण्डमा ड्युटीमा खटिएको अवस्थामा प्रहरी हवल्दार महेन्द्र सतरा यादवमाथि बुधबार राती करिब साढे आठ बजेको समयमा तीन वटा माटरसाइकलमा आएका अज्ञात समूहले गोली प्रहार गरेको जनाईएको छ ।
अज्ञात समूहको गोली प्रहारबाट गम्भिर घाइते भएका यादवलाई उपचारकालागि बुधबार राति नै बिराटनगर स्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । यद्यपी थप उपचारकालागि उनलाई प्रहरी अस्पताल काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिएका छन् ।
घटनास्थलमा प्रगतिशिल तराईमुक्ति मोर्चा लेखिएको पर्चा समेत भेटिएको थियो । घटनाबारे थप अनुसन्धान प्रहरी नायव उपरीक्षक रिमालले बताए । घटना पश्चात आफुलाई प्रगतिशिल तराईमुक्ति मोर्चाका सेनापति निशान बताउने व्यक्तिले केही सञ्चारकर्मीहरुलाई फोन गरेर कारवाही स्वरुप घटना गराइएको बताएका छन् ।