Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

विभिन्न पार्टीबाट सयौको सङ्ख्यामा फोरममा प्रवेश

विभिन्न पार्टीबाट सयौको सङ्ख्यामा फोरममा प्रवेश
Bwtech New Add With Software & Bull SMS

विरेन्द्र बजार, ३ माघ । सप्तरीको बलान—बिहुल गाउँपालिकामा विहिवार विभिन्न पार्टी परित्याग गरी सयौ नेता तथा कार्यकर्ता संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।
बलान विहुल गाउँपालिका ५ स्थित रामनगरमा आयोजित एक कार्यक्रमका बीच राजपा, नेकपा र कांग्रेस परित्याग गरी सयौको सङ्ख्यामा फोरम नेपालमा प्रवेश गरेका हुन् । फोरमको बलान बिहुल गाउँपालिकाका संयोजक संजीव यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा राजपाका सक्रिय सदस्य शिवजी गुप्ता, नेपाली कांग्रेसका सञ्जय गुप्ता, चन्द्रनारायण यादव, नेकां निकट शिक्षक संघका विजुली रहमान, नेकपाका प्रमोद मण्डल, रामविलास दासको नेतृत्वमा सयौं नेता कार्यकर्ता फोरममा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई संघीय समाजवादी फोरम नेपालका राजनैतिक समिती सदस्य समेत रहेका प्रदेश नम्वर २ का भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेश नम्वर २ का प्रदेश सांसद अभिषेक यादव, फोरम नेपालका जिल्ला सदस्य तथा बलान—बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गाईतले फूलमाला, अबिर लगाएर सदस्यता प्रदान गरी प्रवेश गराएका छन् ।
कार्यक्रममा फोरम नेपाल सप्तरीका जिल्ला कोषाध्यक्ष अमरेन्द्र कुमार यादव, जिल्ला सदस्य नवनित झा, बलान बिहुल गाउँपालिकाकी उपाध्यक्ष रुबी गुप्ता सहित स्थानीय नेताहरुको उपस्थिती रहेको थियो ।

Online Saptari

About The Author

%d bloggers like this: