के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

राजपाका जनप्रतिनीधिहरुले उत्कृष्ट काम गरेको दावी

राजपाका जनप्रतिनीधिहरुले उत्कृष्ट काम गरेको दावी
Bwtech New Add With Software & Bull SMS

विरेन्द्र बजार, ३ माघ । स्थानिय तहमा राष्ट्रिय जनता पार्टीका जनप्रतिनिधिहरुको सुनिश्तिताले विकासको लहर आएको बताउँदै २० वर्षमा हुन नसक्ने काम १ वर्षमै गरेर देखाएको एक कार्यक्रममा नेताहरुले दाबी गरेका छन् ।
राजपा नेपाल रुपनी गाउँपालिकाद्धारा विहिवार सप्तरीको तेरहौतामा आयोजित सदस्ता वितरण अभियान कार्यक्रमलाई सम्वोधन गर्दै नेताहरुले यस्तो दावी गरेका हुन् । कार्यक्रममा राजपा नेता एवम प्रतिनीधि सभा सदस्य चन्द्रकान्त चौधरी, राजपा नेपालका महासचिव एवम प्रदेश नम्वर २ का प्रदेश सभा सदस्य मनिस सुमन, सह महासचिव गजेन्द्र मण्डल, जिल्ला समवन्य समिती सप्तरीका प्रमुख प्रभाकर यादव, केन्द्रिय सदस्य दिनेश यादव, विशेश्वर रजक, उपेन्द्र साह, जिल्ला संयोजक एवम तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिस सिंह, पुर्व जिल्ला संयोजक सुनिल झा, डाकनेश्वरी नगरपालिकाका प्रमुख शिव नारायण साह, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, परर्शुराम मुखिया, लाल बहादुर मेहता लगायतकाले आगामी राजपाका जनप्रतिनीधिहरुले उदाहरणीय काम गरेर देखाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
राजपा नेपालका रुपनी गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष वद्री नारायण सरदारको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन जिल्ला सह सचिव रामानन्द ठाकुर गरे भने स्वागत रुपनी गाउँपालिका वडा नम्वर ६ का वडा सदस्य पुष्पा श्रेष्ठले गरिन् । पार्टीको आगमी महाधिवेशनलाई लक्षित गरी जिल्ला, क्षेत्रमा अभियान सकेर रुपनी गाउँपालिकामा वडा नम्वर ६ वाट गाउँपालिका स्तरीय सदस्यता वितरण अभियान शुरु गरेको राजपा नेता ओम प्रकाश मेहताले जानकारी दिए ।

Online Saptari

About The Author

%d bloggers like this: