के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरी यादवको मृत्यु

मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरी यादवको मृत्यु
Bwtech New Add With Software & Bull SMS

राजविराज, ३० पुस । सप्तरीमा भएको दुघर्टनामा परी गम्भिर घाइते भएका एक प्रहरी परिचरको उपचारको क्रममा सोमवार मृत्यु भएको छ ।
बिरामी परेको काकालाई भेटन विदा लिएर घरतर्फ जादै गर्दा आइतवार घाइते भएका सशस्त्र प्रहरीबल ६ नम्बर गणमा प्रहरी परिचर पदमा कार्यरत २६ वर्षीय सरोजकुमार यादवको मृत्यु भएको हो । ‘काका विरामी परेको भन्दै यादव विदा लिएर हिडेका थिए सशस्त्र प्रहरी बल प्रहरी उपरीक्षक खेम बहादुर थापाले भने ‘दुभाग्यबस दुर्घटनामा परेर उनको ज्यान गयो ।’
सप्तरीको पातो विओपीमा कार्यरत राजविराज–१६ वोरिया निवासी यादव चढेको मोटरसाइकल राजविराज–कुनौली सडकखण्डको पश्चिमी कोशी नहर परियोजना कार्यालय नजिकै दुघर्टनामा परेको थियो । दुर्घटनामा गम्भीर घाईते भएका यादवको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा प्रारम्भिक उपचारपछि घरान स्थि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारकै क्रममा सोमबार विहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Online Saptari

About The Author

%d bloggers like this: