• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कृषि

किसान कल्याण कृषि सहकारीको साधारण सभा सम्पन्न

किसान कल्याण कृषि सहकारीको साधारण सभा सम्पन्न

राजविराज, ३० पुस । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्वर–९ स्थित किसान कल्याण कृषि सहकारी संस्था लिमिटेडको दोस्रो साधारण सभा आइतवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष अमरनाथ यादवको अध्यक्षता एवम् भुूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साह, रुपनी गाउँपालिकाकी उपाध्यक्ष बेचनी कुमारी सरदार, कृषि मन्त्रीका निजी सचिव एवं संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य नवनीत झा सहितका व्यक्तिहरुले शुभकामना मन्तव्य व्यक्त गरे ।