के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

समाजवादी विद्यार्थी फोरम सप्तरीको अध्यक्षमा सञ्जय

समाजवादी विद्यार्थी फोरम सप्तरीको अध्यक्षमा सञ्जय
Bwtech New Add With Software & Bull SMS

बृजमान तामाङ
विरेन्द्र बजार, ३० पुस । संघीय समाजवादी फोरम नेपालको भातृ संगठन समाजवादी विद्यार्थी फोरम नेपाल सप्तरीको अध्यक्षमा सञ्जय कुमार यादव सर्वसम्मत चयन भएका छन् ।
संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य एवम निर्वाचन मण्डलका अध्यक्ष शैलेश कुमार चौधरीले सोमवार एक कार्यक्रमका बिच यादवको नेतृत्वामा २३ सदस्य जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको घोषणा गरेका हुन् । संघीय समाजवादी फोरम नेपाल सप्तरीको जिल्ला कार्यालयमा आयोजित कार्यक्रममा चौधरीद्वारा घोषित समितिको उपाध्यक्षहरुमा सन्तोष यादव, गौतम वर्मा, सचिवमा अभिषेक यादव र कोषाध्यक्षमा रुबी कुमारी यादव चयन भएका छन् ।
समितिको सदस्यहरुमा दिपक कुमार यादव, सरोज कुमार यादव, अनिल कुमार साह, दिपक दास, चन्दन दास, मनु शेख, मिथिलेश यादव, सञ्जय शर्मा, दिपेन्द्र कुमार यादव, विनोद कुमार ठाकुर, रोहित यादव, लिलशेन यादव, पायल दास, रामप्रकाश यादव, शिवानन्द यादव, विनोद कुमार यादव, अभिषेक झा र सन्तोष मेहता रहेका छन् । निर्वाचन मण्डलद्वारा श्रीप्रसाद यादव, श्याम कुमार यादव, मो. लुकमान, मनोज मण्डल, मुकेश कुमार यादव, मिथिलेश यादव र राजेश यादव रहेको ७ सदस्य सल्लाहकार समिती समेत चयन भएका घोषणा गरे ।
समाजवादी विधार्थी फोरम नेपाल सप्तरीका निर्वमान अध्यक्ष एवम प्रदेश नम्वर २ का वरिष्ठ उपाध्यक्ष तारकेश्वर यादवको अध्यक्षता तथा केन्द्रिय सदस्य एवम निर्वाचन मण्डलका संयोजक शैलेश चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा केन्द्रिय सदस्य विनोद चौधरी, चित्तनारायण यादव, अशोक यादव, जिल्ला ईन्चार्ज सत्यनारायण यादव, नेता लक्ष्मण यादव, समाजवादी विधार्थी फोरम प्रदेश नम्वर २ का कोषाध्यक्ष राधेश्याम यादव, जिल्ला सचिव केदार प्रसाद यादव, सह सचिव वृजमान तामाङ, कोषध्यक्ष अरमेन्द्र कुमार यादव, महिला फोरम सप्तरीका अध्यक्ष गिता यादवले नयाँ कार्य समितिलाई वधाई दिदै सफल कार्यकालको शुभकामना मनतब्य व्यक्त गरे ।
नवनिर्वार्चित पदाधिकारीहरुलाई फोरम नेपालका केन्द्रिय सदस्य एवम् विद्यार्थी फोरमका पुर्व केन्द्रिय अध्यक्ष अशोक यादवले सपथ ग्रहण गराएका छन् । कार्यक्रम सञ्चालन समाजवादी विधार्थी फोरम नेपाल प्रदेश नम्वर २ का सदस्य श्याम कुमार यादवले गरे । गत असोज १६ गते प्रदेश नम्वर २ का भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहको प्रमुख आतिथ्यमा विधार्थी फोरम सप्तरीको उद्घाटन सभा सम्पन्न भएको थियो ।
पार्टी कार्यालय राजविराजमा सोमवार आयोजित भेलावाट मो. साविर हुसैन खानको संयोजत्वमा ५४ सदस्य समाजवादी मुस्लिम फोरम, रामस्वागत विश्वकर्माको संयाजत्वमा ४५ सदस्य समाजवादी शिल्पी फोरम र वुध नारायण यादवको संयोजत्वमा ४१ सदस्य समाजवादी मज्दुर संगठनको जिल्ला तदर्थ समिति समेत गठन गरेको फोरम नेपालका जिल्ला सचिव केदार प्रसाद यादवले जानकारी गराएका छन् ।

Online Saptari

About The Author

%d bloggers like this: