के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

वन कार्यालयकै सहमतिमा वन मासिने गरी माटो झिकिंदै

माटो झिक्ने नाममा अन्याय भइरहेको छः गापा अध्यक्ष यादव
वन कार्यालयकै सहमतिमा वन मासिने गरी माटो झिकिंदै
Bwtech New Add With Software & Bull SMS

राजविराज, २९ पुस । डिभिजन वन कार्यालय राजविराजको अनुमतिमै विरुवा मासिने गरी वनमा माटो भिक्ने कार्य भईरहेको प्रति स्थानीयहरु आक्रोशित भएका छन् ।
अनाधिकृत रुपमा माटो झिक्नका लागि कार्यालयले पठाएको ट्याक्टर स्थानीयहरुले नियन्त्रणमा लिनुका साथै विरोध जनाएका हुन् । सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर १ मा पर्ने सामूदायिक वन क्षेत्रबाट जथाभावी माटो झिक्ने कार्यले विरुवा मासिनुका साथै नदी कटान समेत हुने गरेको त्यसलाई अविलम्ब रोक्न उनीहरुले माग गरेका छन् ।
माटो झिक्ने कार्य नरोकिएका कारण आक्रोशित स्थानीयवासिन्दाले माटो ढुवानीमा प्रयोग भएको स १ त ४४८८ नम्वरको ट्याक्टर शनिवार नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय रुपनीको जिम्मा लगाएका छन् । वनका साना विरुवाहरुलाई नष्ट गर्दै माटो झिक्ने गरिएका कारण ठूला रुखहरु समेत ढल्ने गरेकोले यस्तो अन्यायपूर्ण कार्य सहन नसकेर आफुहरुले ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक कार्वाहीकालागि प्रहरीको जिम्मा लगाएको स्थानीय सदानन्द यादवले बताए । उनका अनुसार वन कार्यालयले माटो झिक्ने कामलाई निरन्तरता दिए वनभित्र रहेका टिकका विरुवाहरु हुनुका साथै ठूलो विरुवाहरु समेत नदी कटानमा पर्ने खतरा बढ्दै गएको छ ।
यस अघि समेत वनबाट गलत तरिकाबाट माटो झिक्ने गरिएका कारण केही रुखहरुमा समेत ढलेको तथा केही समयपछि रुख नै कटान गरी गायब भएको सामूदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष लाल बहादुर महतोले बताए । वनलाई संरक्षण गर्नुको साटो चोरी तस्करी बढ्नुका साथै वन पैदावार समेत अवैध रुपमा निकास भईरहेकोले बाध्य भएर आफुहरु त्यस विरुद्ध उभिएको उनले जानकारी दिए ।
डिभिजन वन कार्यालय निहीत स्वार्थमा परेर सामूदायिक वनमा क्षति गरिरहेको भन्दै त्यसलाई तत्काल रोक्नुपर्ने रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले बताए । आफुले स्थलगत रुपमै वनमा गएर हेर्दा माटो झिक्ने नाममा अन्याय भइरहेको भन्दै यस्ता कार्य नरोके आफुले समेत ठोस कदम चाल्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
यता डिभिजन वन कार्यालय राजविराजका प्रमुख धीरेन्द्र कुमार सिंहले नर्सरीमा प्रयोग गर्नकालागि कुनै पनि हानी नोक्सानी नहुने गरी ५० ट्याक्टर माटो झिक्न अनुमति दिएको स्वीकार गरेका छन् । बोट विरुवालाई क्षति नहुने गरी माटो झिक्ने कार्य गर्दा कुनै हानी नोक्सानी नहुने भन्दै यसलाई स्थानीय वासिन्दाले अनावश्यक रुपमा ट्याक्टर पक्राउ गरी बाधा अवरोध पुर्याउने काम गलत रहेको प्रतिक्रिया दिएका छन् ।

Online Saptari

About The Author

%d bloggers like this: