के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

शिक्षा विमा कार्यक्रम सम्बन्धि अभिमुखीकरण

शिक्षा विमा कार्यक्रम सम्बन्धि अभिमुखीकरण
Bwtech New Add With Software & Bull SMS

जनकपुरधाम, २९ पुस । ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम अन्तर्गत प्रदेश सरकारले सञ्चालन गरेको शिक्षा विमा कार्यक्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम विरगञ्ज महानगरपालिकामा सम्पन्न भएको छ ।
माघ १ गतेदेखि जन्मिने छोरीलाई प्रदेश सरकारले शिक्षा विमा गर्ने भएपछि सो सम्बन्धमा स्थानीय सरोकारवालालाई जानकारी गराउने उदेश्यले अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो । विरगञ्ज महानगरका प्रमुख विजय सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्वच्छता अभियानका संयोजक सलाउद्दिन अहमदले कार्यक्रमबारे विस्तृत जानकारी गराए ।
हाललाई आठ वटै जिल्लाको एक–एक पालिकामा सञ्चालनमा ल्याइएको उक्त कार्यक्रमले महिला सशक्तिकरण, बालिका शिक्षा अनिवार्य, सुरक्षित मातृत्व सेवा, प्रजनन् स्वास्थ्य सुरक्षा, लैङ्गिक विभेदको अन्त, बालिका भ्रुण हत्या न्युनिकरणमा विशेष योगदान दिने विश्वास लिइएको छ । विमाको लागि अस्पताल वा स्वास्थ्य संस्थाले प्रदान गरेको प्रमाण पत्र, बालिकाको जन्मदर्ताको प्रमाणपत्र, आमा वा वुवाको नागरिकताको प्रमाण पत्र र सम्बन्धित वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ ।
विमा बापतको रकम बालिकाले २० वर्ष पुरा गरे पछि एक लाख रुपैयाँ प्राप्त गर्ने छन् । तर त्यसको लागि अनवरत रुपमा रुपमा शिक्षा लिँदै गरेको हुनुपर्ने, अविवाहित हुनुपर्ने कडा व्यवस्था गरिएको छ ।
बेटी पढाउ बेटी बचाउका संयोजक प्रियंका यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विरगंज महानगरका वडा नम्वर १ देखि १६ सम्मका वडा अध्यक्ष कार्यक्रमका सदस्यहरु पुष्पा पाण्डे, रेखा साह, विरगञ्ज महानगरका शिक्षा इकाई प्रमुख अरविन्द लाल कर्ण सहितको उपस्थिति थियो । शिक्षा विमा योजना विरगञ्ज महानगरका साथै बाराको सुवर्ण गाउँपालिका रौतहटको यमुना माइ नपा, सर्लाहीको पर्सा गा.पा., महोत्तरीको एकडारा गा.पा. धनुषाको कमला नपा, सिरहाको औरही गा.पा र सप्तरीको महादेवा गा.पा.मा लागु गरिएको छ ।

Online Saptari

About The Author

%d bloggers like this: