के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

महुली सामुदायिक लघुवित्तको छैठों वार्षिक साधारण सभा सम्पन्न

महुली सामुदायिक लघुवित्तको छैठों  वार्षिक साधारण सभा सम्पन्न
Bwtech New Add With Software & Bull SMS

विरेन्द्र बजार, २९ पुस । महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड वकधुवाको छैठौं साधारण सभा कार्यालयको सभाहलमा आइतवार सम्पन्न भएको छ ।
वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष प्रभुनारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रमका बिच वार्षिक सधारण सभा सम्पन्न भएको हो । साधारण सभामा सञ्चालक समितिको तर्फवाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष चौधरीले वर्तमान प्रतिस्पर्धाको अवस्थामा संस्थाले ठूलो उपलव्धी हासिल गरेको बताए । हाल संस्थाले १५ जिल्लामा सेवा विस्तार गरेको जानकारी दिदै अध्यक्ष चौधरीले अझैं थप जिल्लाहरुमा सेवा विस्तार गर्न लागेको जानकारी दिए । २०७० सालमा नेपाल बैंकबाट वित्तीय संस्थाको मान्यता प्राप्त गरी बैंक तथा वित्तीय कारोवार शुरु गरेको संस्थाले हाल ३७ वटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको उनले बताए ।
कार्यक्रममा पत्रकार वृजमान तामाङ, वोधराज सुवेदी, आदर्श दुग्ध विकास संस्था महुलीका अध्यक्ष दिपेन्द्र आचार्यले शुभकाकाना मन्तब्य व्यक्त गर्दै छोटो समयमा संस्थाले ठूलो प्रगती गरेको भन्दै प्रशंसा गरे । संस्थाले वित्तीय कारोवार गरी सामजिक परिर्वतनमा टेवा पु¥याएको चर्चा गर्दै उनीहरुले नयाँ रणनीतीका साथ उत्पादन शिल, रोजगारमुखी र व्यावसायिक क्षेत्रमा लगानी गरे अझ सेवा प्रभावकारी हुनसक्ने सुझाव दिए ।
संस्थाका प्रबन्धक कम्पनी सचिव चन्द्रनारायण चौधरीद्वारा सञ्चालित कार्यक्रममा स्वागत प्रबन्ध सञ्चालक रोशन कुमार मण्डरले गरे । साधारण सभामा विभिन्न स्थानका शाखा प्रबन्धक, शेयरधनी, सञ्चालक समितिका पदाधिकारी तथा पुर्व पदाधिकारीहरुको समेत उपस्थिति थियो ।

Online Saptari

About The Author

%d bloggers like this: