के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

मधेशमा बैकल्पिक शक्ति निर्माण गरेर मूल मुद्दालाई जिवन्त राख्नुपर्छः संयोजक गुप्ता

मधेशमा बैकल्पिक शक्ति निर्माण गरेर मूल मुद्दालाई जिवन्त राख्नुपर्छः संयोजक गुप्ता
Bwtech New Add With Software & Bull SMS

राजविराज, पुस २८ गते । तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाशप्रसाद गुप्ताले मधेशमा बैकल्पिक शक्ति निर्माण गरेर मधेसीको सवाल जिवित राख्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
तराई मधेस राष्ट्रिय अभियान सप्तरीले शनिबार राजविराजमा आयोजित वर्तमान राजनीतिक अवस्था एवम् मधेसी समस्याको सबाल विषय अन्तक्र्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । संविधान संशोधन हुन्छ भने विश्वास गर्न सकिने अवस्था नरहेको दावी गर्दै नेता गुप्ताले मधेशको माग पुरा गराउन आन्दोलन गर्नुपर्नेमा जोड दिए ।
मधेसी जनताले उठाएको मागलाई राजनीतिक रुपमा समाधान नै नगरी सत्ता, भत्ता र कुर्सी मोहमा नेताहरु फँसेको आरोप लगाए । जनताले आन्दोलनमा समग्र मधेश एक प्रदेश माग गरेको स्मरण गर्दै अहिले आठ जिल्लामा मात्र सिमित गरिदिएको उनले विश्लेषण गरे । राज्यको हरेक अंगमा मधेसीको समावेशी, समानुपातिक सहभागीता, नागरिकता समस्या समाधान लगायत मधेसीको माग रहेकोमा त्यसलाई वेवास्ता गरी भौतिक विकाससँग जोडेर मधेसको माग पूरा भयो भनेर अघि बढिरहेकोले मधेसी नेताको मूल्याकंन गर्नुपर्ने बेला भएको नेता गुप्ताको तर्क थियो । भवनको शिलान्यास र उद्घाटनले मधेशको राजनीतिक मुद्दा पूरा नहुने बताउँदै उनले भने ‘भवनको शिलान्यास, उद्घाटन आवश्यक छ तर यसलाई राजनीतिक मुद्दासँग दाँज्न कदापि मिल्दैन ।’

विगतमा राणा, पञ्चायत आन्दोलनताका जेलमा रहेका मधेसी नेता उपर गरिएको विभेदका कारण ज्यान गएको चर्चा गर्दै नेता गुप्ताले भने ‘अहिले सीके राउतको ज्यानमाथि खतरा रहेको आशंका गर्ने धेरै ठाउँ छ, विचार फरक भए पनि सीके राउतको जीवन रक्षामा सबै पक्ष लाग्नु जरुरी छ ।’

मधेशको मुद्दालाई जीवन्त राख्न तमरा अभियान अघि बढाउनु पर्नेमा जोड दिँदै उनले भने ‘तमरा अभियान स्थानीय, प्रदेश र संघीय सरकारको बेथिति विरुद्ध सडकमा उत्रिन आह्वान गर्दछु, मधेस आन्दोलनको जग, आधारभूत मुद्दा, त्याग बलिदानलाई कडा रुपमा उठाउनु जरुरी छ ।’ विगतमा राणा, पञ्चायत आन्दोलनताका जेलमा रहेका मधेसी नेता उपर गरिएको विभेदका कारण ज्यान गएको चर्चा गर्दै नेता गुप्ताले भने ‘अहिले सीके राउतको ज्यानमाथि खतरा रहेको आशंका गर्ने धेरै ठाउँ छ, विचार फरक भए पनि सीके राउतको जीवन रक्षामा सबै पक्ष लाग्नु जरुरी छ ।’
पूर्वमन्त्री अनिस अन्सारीले मधेसी दलका नेताका कारण मधेसी जनतामा निराश रहेको भन्दै अहिले कुनै नेताप्रति मधेसी जनताको विश्वास नरहेको आरोप लगाए । तमराका सङ्गठन विभाग प्रमुख आर.डी. आजादले मधेसका बुद्धिजीवीहरु राजनीतिबाट टाढा रहेसम्म मधेसीको माग पूरा नहुने ठहर गर्दै मधेसी बुद्धिजीवीमा राजनीतिक शुन्यता रहेको बताए ।
अभियानका सप्तरी संयोजक देवनन्दन साहको अध्यक्षतामा आयोजित कार्यक्रममा नेता उम्देश्वरप्रसाद साह, उमेश कुमार साह (कमाण्डो), शिक्षक जवाहरलाल यादव, तेजनारायण यादव, मुक्ति यादव, जेसी मण्डल लगायतले आ–आफ्ना धारणा राखे । कार्यक्रम सञ्चालन तमरा अभियानका प्रभावशाली नेता सुरेन्द्र प्रसाद साहले गरे ।

Online Saptari

About The Author

%d bloggers like this: