के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

त्रियुगा सहकारी सस्था को १७ औं वार्षिक साधारण सम्पन्न

त्रियुगा सहकारी सस्था को १७ औं वार्षिक साधारण सम्पन्न
Bwtech New Add With Software & Bull SMS

फत्तेपुर, २८ पुस । सप्तरीको सप्तकोशी नगरपालिका स्थित फत्तेपुरको त्रियुगा सहकारी सस्था को १७ औं वार्षिक साधारण शनिवार एक समारोहको आयोजना गरी सम्पन्न भएको छ ।
जिल्लाको फतेपुर, ओद्रहा, कमलपुर, पिप्रापुर्ब, कञ्चनपुर ,जगतपुर र धरमपुरलाई कार्यक्षेत्र बनाइ २०३३ सालमा स्थापना भएको सहकारीको २ हजार २ सय४४ जना सेयर सदस्य रहेको छ । सस्थाको आ.ब.२०७४÷०७५ को ६८ करोड २४ लाख ८५ हजार २ सय १६ रुपैयाँ २९ पैसा बराबरको आय–ब्यय कार्यक्रममा प्रस्तुत गरिएको छ ।
संस्थाले पशुपालनमा सहुलियत कर्जा, दुग्ध खरिद बिक्रीको व्यवस्था, मलखाद, बीउबिजन, दुधका विभिन्न परिकार बनाइ बिक्री वितरण गर्नुका साथै एम्बुलेन्स सेवा, खेत जोत्ने ट्याक्टर, चर्पी सफा गर्ने सेफ्टी टयांक, डिपार्टमेन्ट स्टोर समेत सञ्चालन गर्दैआएको छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत एस.ई.ई.परीक्षामा उत्कृष्ट अंकबाट उतिर्ण महेन्द्र जनता मा.बि.बलुवाका फिरोज मियाँ र दिपिका चौधरीलाई जनही १५ हजार नगद सहित पुरस्कृत गरिएको छ । शम्भु बहादुर खड्काको अध्यक्षता तथा प्रदेश नम्वर २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहकोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सप्तकोसी नगरपालिकाका प्रमुख उत्तम कुमार गौतम, राष्ट्रिय सहकारी बैंकका सञ्चालक समिति केन्द्रिय सदस्य बिश्वनाथ मण्डल, सहकारीकर्मी मुरारी कार्की, जिल्ला सहकारी संघका अध्यक्ष विनोद कुमार दत्त लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

Online Saptari

About The Author

%d bloggers like this: