के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

शारिरीक अपाङ्गता भएका व्यक्तिहरुलाई कम्बल वितरण

शारिरीक अपाङ्गता भएका व्यक्तिहरुलाई कम्बल वितरण
Bwtech New Add With Software & Bull SMS

राजविराज, २८ पुस । सप्तरीको राजविराज स्थित ग्लोबल बहुमुखी सहकारी संस्था लिमिटेडको समन्वय तथा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सहयोगमा शनिवार शारिरीक अपाङ्गता भएका व्यक्तिहरुलाई कम्बल वितरण गरियो ।
सहकारी संस्थाको कार्यालय परिसरमै आयाजित कार्यक्रममा राजविराज नगरपालिकाको विभिन्न वडाका १ सय २० जनालाई कम्बल वितरण गरिएको हो । वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, सूर्या लाइफ इन्स्योरेन्सका शाखा प्रमुख चन्द्रदेव यादव, संस्थाकी सञ्चालक समिति सदस्य लिला ठाकुर लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
संस्थाका नव निर्वाचित अध्यक्ष सुखराम यादवको अध्यक्षतामा आयोजित सोही कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि सहित अतिथिहरुलाई मायाको चिनो स्वरुप सखडेश्वरी छिन्नमस्ता भगवतीको मूर्ती प्रदान गरियो । कार्यक्रम सञ्चालन संस्थाका कार्यक्रम संयोजक पंकज पोखरेलले गरे ।

Online Saptari

About The Author

%d bloggers like this: