के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

अबको केही वर्षभित्रै सप्तरीको मुहार फेरिन्छः उप–प्रधानमन्त्री यादव

अस्पतालमा एनआइसियु सेवा शुभारम्भ तथा भवन शिलान्यास
अबको केही वर्षभित्रै सप्तरीको मुहार फेरिन्छः उप–प्रधानमन्त्री यादव
Bwtech New Add With Software & Bull SMS

राजविराज, २६ पुस । सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा एनआइसियु सेवा शुभारम्भसँगै ३१ करोडको लागतमा सुविधा सम्पन्न अस्पताल भवन निर्माणको शिलान्यास गरिएको छ ।
उप–प्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले विहिवार एक समारोहका बिच अस्पतालमा एनआइसियु सेवाको शुभारम्भ तथा भवनको सिलान्यास गरेका हुन् । अस्पताल परिसरमा आयोजित कार्यक्रममा बोल्दै सप्तरी क्षेत्र नम्वर २ का सांसद समेत रहेका सांसद यादवले अबको चारवर्षभित्रै सप्तरीको आमूल परिवर्तन हुने दावी गर्दै विकास निर्माण सम्वन्धी कामहरुमा एकमत भएर सहयोग गर्न समेत आग्रह गरे । जिल्लामा गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नाममा मेडिकल कलेज स्थापना, नर्सिङ्ग कलेज, तीन सय शैय्याको सुविधासम्पन्न अस्पताल सहित स्वास्थ्य चौकीहरुको समेत स्तरोन्नती अस्पतालको परिणत हुन गईरहेको मन्त्री यादवले बताए ।
प्रदेश २ मा गरिबी एवम् अविकशित जिल्लाहरुको सूचीमा समेत रौतहटपछि सप्तरी रहेको भन्दै अब विकास निर्माण लगायत हरेक सकारात्मक कार्यमा सप्तरीवासी जुट्नुपर्नेमा उनले जोड दिए । सप्तरीको विकासकालागि कनेक्टिभिटी आवश्यक रहेको भन्दै पहाडको फेददेखि सिधा भारतको एनएचसँग सम्पर्क हुने गरी नयाँ सडक सञ्जाल विस्तार गर्न लागेको खुलासा गरे । अबको केही वर्षपछि सप्तरी देशमै समृद्ध एवम् नमूना जिल्लाको रुपमा विकसित हुने उप–प्रधान तथा स्वास्थ्यमन्त्री यादवले दावी गरे ।
कार्यक्रममा शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राइनले सप्तरीलाई आफुले प्राथमिकतामा राखेको भन्दै गुणस्तरीय रुपमा काम सम्पन्न गर्न मातहतका निकाय प्रमुखहरुलाई निर्देशन दिए । शहरी विकास कार्यक्रम अन्तर्गत समेत विभिन्न कार्यक्रम रहेको भन्दै अबको केही वर्षमै जिल्लाको मुहार फेरिने विश्वास समेत उनले व्यक्त गरे ।
राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा संघीय समाजवादी फोरम नेपालकी केन्द्रिय उपाध्यक्ष एवम् पूर्व शिक्षामन्त्री रेणु यादव, भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, प्रदेश सभा सदस्य मनिस कुमार सुमन, स्वास्थ्य मन्त्रालयका सचिव डा. पुष्पा चौधरी, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, राष्ट्रिय जनता पार्टीका जिल्ला अध्यक्ष सतिश कुमार सिंह, डा. आरपी बिछा,अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दास लगायतले मन्तव्य व्यक्त गरे ।
स्वास्थ्य मन्त्रालयको कुल ३१ करोड ६ लाख २० हजार १४७ रुपैयाँको लागतमा अस्पताल भवन निर्माण सुरु भएको हो । भवन निर्माणको ठेक्का काठमाण्डौंको नक्साल स्थित कन्टेक÷जेयी जेभिले लिएको छ । गत पुष १६ गते भएको सम्झौता अनुसार भवन निर्माणको काम २०७८ असार १५ गतेभित्र सम्पन्न गरिसक्नु पर्नेछ । तीन तले सुविधासम्पन्न भवनवाट रेडियोलोजी, प्याथोलोजी, मेडिसिन, सर्जरी, गाईनो, आईसियु÷एनआईसियु, डायलाइसिस, इमर्जेन्सि लगायतका सेवा सञ्चालन हुने स्वास्थ्य सचिव चौधरीले जानकारी दिईन् ।
यसैगरी, अस्पतालको एनआईसियु सेवाको पनि उद्घाटन गरीएको छ । ५ बेडवाट एनआईसियु सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले वताए । एसनआईसियु सेवाका लागि २ करोडभन्दा वढिका अत्याधुनिक उपकरण जडान गरिएको छ ।
यसअघि गत भदौ १ गते मन्त्री यादवले नै अस्पतालमा डायलाइसिस सेवाको पनि उद्घाटन गरेका थिए । तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाको विशेष पहलमा उपलब्ध २ करोड २४ लाख मूल्य बराबरका ४ वटा मेसिन मार्फत डायलाइसिस सेवा सञ्चालन भईरहेको छ ।
यसैबिच उपप्रधानमन्त्री यादवले सप्तरीमा निर्माण हुन लागेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि जग्गा निरिक्षण गरेका छन् । स्वास्थ्य सचिव र प्राविधिकको टोली सहित पुगेका यादवले जग्गाको निरिक्षण गरेका हुन् ।
राजविराज नगरपालिकाले प्रतिष्ठान स्थापनाका लागि वडा नं. १० स्थित बिरौल चौकमा ६२ बिघा जग्गा उपलब्ध गराएको छ । मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले सप्तरीको राजविराजमा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको छ ।
मन्त्री यादवले ६२ करोडको लगानीमा निर्माण हुन लागेको सहरी सडक (रिङ्ग रोड) र हनुमाननगर कंकालिनी नगरपालिका स्थित योगिनयाँमा ८ करोडको लगानीमा निर्माण हुन लागेको कोल्ड स्टारको पनि शिलान्यास गरेका छन् ।

Online Saptari

About The Author

%d bloggers like this: