• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

हेल्प मधेशी साउदी अरेबियाद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री

हेल्प मधेशी साउदी अरेबियाद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री

राजविराज, २६ पुस । हेल्प मधेशी साउदी अरेबियाको सहयोगमा सिरहामा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
साउदी अरेबियामा रहेका मधेशीहरुद्वारा स्थापना गरिएको हेल्प मधेशीले सिरहा जिल्लाका ४० जना अतिगरिब, दलित, बिपन्न विद्यार्थीहरुलाई ब्याग, कपी, कलम र डिक्सनरी वितरण गरेको हो । आधारभूत विद्यालय अर्नामा, आधारभुत बिद्यालय सनचिरैया, आधारभुत विद्यालय कोयलपुर र लक्षन मण्डल जनता मावि. बनिनियाका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको जनाईएको छ ।
प्रत्येक विद्यालयबाट अति गरिब, दलित एवम् विपन्न मध्येबाट १० जनाको दरले छनौट गरी जम्मा ४० जना विद्यार्थीलाई करिब ६० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री बितरण गरिएको हेल्प मधेशी नेपालका अध्यक्ष राम उद्गार यादवले जानकारी दिएका छन् । कार्यक्रममा हेल्प मधेशी कतारको सहयोगमा सिरहा नगरपालिका वडा नम्वर ६ कि रुन्ची कुमार साफीलाई एक थान सिलाई मेसिन समेत प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्वर २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश कुमार मण्डलले उक्त सामग्रीहरु हस्तान्तरण गरेका छन् । हेल्प मधेसीद्वारा गरिएको उक्त कार्यको उनले प्रशंसा गर्दै आगामी दिनमा यस्ता समाजिक कार्यहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
आफुहरुले आर्थिक स्थिती कमजोर भएका गरिब, दलित, पिछडिएका विद्यार्थी, दुर्घटना, भुकम्प, बाढीपहिरो, दैबिक प्रकोपबाट पीडित भएका परिवारलाई राहत स्वरुप रकम, खाद्यान्न र शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको अध्यक्ष यादवले जानकारी दिए । कार्यक्रममा कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डल, उपमेयर रोहिणी देवी यादव, समाजवादी लोकतान्त्रिक ट्रेड युनियनका केन्द्रिय कोषाध्यक्ष शोभा मण्डल, हेल्प मधेशी साउदीका संस्थापक अध्यक्ष शिवनारायण यादव, कार्यक्रम संयोजक अजय कुमार मण्डल, हेल्प मधेशीका संस्थापक सदस्य प्रभात महतो, हेल्प मधेशी नेपालका सेवक राम कुमार महतो, रामपुकार कापर, सुनिता सिंह, हेल्प मधेशी साउदीका सल्लाहकार लालबाबु साह, हेल्प मधेशी कतारका सदस्य शिवलोचन यादव, शुभलाल महतो सहितको व्यक्तिहरुको उपस्थिति रहेको थियो ।