Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

खडक नगरपालिकालाई महिला क्रिकेटको उपाधि

खडक नगरपालिकालाई महिला क्रिकेटको उपाधि

बोदेबर्साइन, २४ पुस । सप्तरीको बोदेबर्साइन नगरपालिकाको जाँजरमा सञ्चालित ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता अन्र्तगत मैत्रीपुर्ण महिला क्रिकेटमा खडक नगरपालिकाले सुरुंङ्गा नगरपालिकालाई ४ बिकेटले हराउँदै विजयी भएको छ ।
टस जितेर पहिलो ब्याटिङ्ग गर्दै सुरुङ्गा नगरपालिकाले निर्धारित १० ओभरका खेलमा ८ विकेटको नोक्सानीमा ७२ रनको योगफल तयार पारे । सुरुङ्गाका लागि गिता चौधरीले १७ तथा विपना चौधरीले १२ रनको योगदान दिए । बलिङ्गतर्फ खडकका सुस्मीता चौधरीले ४ ओभरमा २१ रन दिई ३ बिकेट तथा पुजा चौधरी र कृति चौधरीले सामान २ विकेट लिए । ७३ रनको लक्ष्य लिई मैदानमा ओर्लेको खडकले उक्त लक्ष्य रोमान्चक रुपमा अन्तिम ओभरको अन्तिम बलमा भेटाएका थिए ।
खडकलाई बिजयी दिलाउन भोलावती चौधरीले बिस्फोटक २० बलमा ६ चौक्काको मद्दतले नटआउट रहँदै ३४ रनको योगदान दिए भने अन्जली चौधरीले १६ रन बनाए । बलिङ्गतर्फ सुरुङ्गाका मोनिका चौधरी र गिता चौधरीले सामान ३ बिकेट लिए । खेलको म्यान अफ द म्याच खडक नगरपालिकाका भोलावती चौधरीलाई नगद तथा पुरस्कार सहित सम्मान गरिएको छ । विजयी खेलाडिलाई सप्तरी क्रिकेट संघका सदस्य अनवर अलीले ट्रफी वितरण गरे ।
सेभ द चिल्ड्रेनसँगको साझेदारीमा सबल नेपालले सप्तरी जिल्लाको महिला क्रिकेटलाई उकास्न खडक नगरपालिका तथा सुरुङ्गा नगरपालिकाका किशोरीहरुलाई प्रशिक्षण दिईएको थियो । नेपाली क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटाले समेत प्रशिक्षण दिए भने किर्तिमानी अन्तराष्ट्रिय खेलाडि महबुव आलम तथा धर्मेन्द्र चौधरीले प्रशिक्षण दिईरहेका छन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।