• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

डा. राउतको उपचारमा बेवास्ता गरेको परिवारजनको आरोप

डा. राउतको उपचारमा बेवास्ता गरेको परिवारजनको आरोप

राजविराज, २२ पुस । प्रहरी हिरासतमा रहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतको उपचारमा बेवास्ता गर्नुका साथै मानसिक एवम् शारिरीक यातना दिने गरेको आरोप परिवारजनले लगाएका छन् ।
दाजु डा. जयकान्त राउतले संविधान प्रदत्त वाक स्वतन्त्रतापूर्वक बाँच्ने नागरिक अधिकारको संरक्षण गर्ने दायित्व राज्यको रहे पनि फरक विचार रहेकै कारण हिरासतमा लिनु वा एक जना निहत्था, निर्दोष नागरिकलाई दुःख दिनु नितान्त अनुचित भएको भन्दै वहाँको अवस्थाको अनुगमन गरिदिन सरोकारवालाहरुलाई आग्रह गरेका छन् । एवं घृणित कार्य हो । उपचारको लागि काठमाण्डौं सरूवा गरिएको भएतापनि राज्य उनको उपचारमा गम्भिर हुनुभन्दा विभिन्न किसिमका मानसिक एवं शाररिक यातना दिनेतिर बढी केन्द्रित रहेको अपिलमा उल्लेख छ ।
सप्तरीको महदेवा–२ मा जन्मेहुर्केका तथा बेलायतको क्यामब्रिज युनिवर्सिटीबाट पी. एच. डी. गरी अमेरिकामा वैज्ञानिक समेत रहीसकेका डा. राउत विगत केही वर्षदेखि स्वतन्त्र मधेश गठबन्धनको केन्द्रीय संयोजक भई अहिंसात्मक एवं शान्तिपूर्ण मार्गद्वारा सम्पूर्ण मधेश तथा मधेशीको हकहित एवं स्वतन्त्रताकोलागि बैचारिक अभियान चलाउँदै आएको अपिलमा उल्लेख छ । अपिलमा जनाईए अनुसार ‘मधेशको इतिहास’, ‘मधेश स्वराज’ र ‘वैरागदेखि बचावसम्म (आत्मकथा)’ लगायतका किताबहरू पनि प्रकाशित छन् ।
‘डा. राउतको गतिविधि र निजले दिएको अभिव्यक्तिको विषयलाई लिएर नेपाल सरकारले उनलाई पटक–पटक पक्राउ गर्दै आएकोमा बालबच्चाको शिक्षादीक्षा अवरूद्ध हुनुको साथै सम्पूर्ण परिवारिक जीवन नै अस्तव्यस्त एवं अत्यन्त कष्टकर हुन पुगेको छ’ डा. जयकान्तद्वारा जारी अपिलमा भनिएको छ ‘सम्मानित विशेष अदालत र संविधान एवम् ऐन कानूनका सर्वोच्च व्याख्या सम्मानित सर्वोच्च अदालत समेतले डा. राउतका गतिविधीहरू राज्यद्रोह वा राज्यविप्लव होइन भनेर स्पष्ट भनि सकेपछि राज्यकै प्रहरीले वा अन्य कसैले डा. राउतलाई राज्यद्रोही वा राज्यविप्लवको बिल्ला भिडाउनु सम्मानित सर्वोच्च अदालतको अपहेलना मात्र नभएर कानुनी राज्यको उपहास पनि हो ।’
नेपालको संविधान तथा कानूनले प्रत्याभूत गरेका डा. राउतको मौलिक तथा कानूनी हक कुण्ठित गरी अन्तर्राष्ट्रिय सन्धी महासन्धीहरूको मान्यता समेतको विपरित हुने गरी विगत केही समयदेखि राज्यले उनी विरूद्ध घोर दमनकारी नीति अख्तियार गरेको अपिलमा जनाईएको छ । मधेशका राजनीतिक मुद्दाहरुलाई दबाउने र विमतिका सबै आवाजलाई निर्मूल पार्ने नीतिअनुरूप उनलाई पटक–पटक फँसाउने गम्भीर षडयन्त्र हुँदै आएको भन्दै कुनै मुद्दामा आफ्नो नाम परेको औपचारिक वा अनौपचारिक स्रोतबाट थाहा पाउने वितिकै आफैं अदालतमा उपस्थित भएर अदालती कारवाही सहजरुपमा अगाडी बढाउन सहयोग गर्दै आएको, कहिले पनि अदालतले जाहेरी पूर्जीसमेत जारी गर्नु नपरेको अवस्था हुँदाहुँदै पछिल्लो समय असोज २१ गते रौतहट जिल्ला अदालतमा अघिल्लो मुद्दामा तारीख लिई फर्कने क्रममा अदालत परिसरभित्रैबाट डा. सी. के. राउत सहित उनको साथमा रहेको उनकी ४ बर्षीय नाबालिका छोरीलाई समेत प्रहरीले पक्राउ गरी ६१ दिन लामो गैरकानूनी हिरासत पछि गत मंसिर २० गते रौतहट जिल्ला कारागार चलान गरेको जनाईएको छ ।
‘नेपाल सरकारले यस अघि पनि उनलाई १८ चोटी भन्दा बढी पक्राउ गरी वहाँविरूद्ध लगभग एक दर्जन जति मुद्दाहरू दर्ता गरिसकेकोमा हालसम्म पाँचवटा मुद्दामा अदालतबाट सफाई पाईसकेको अवस्था छ’ अपिलमा अगाडि भनिएको छ ‘यसरी सक्षम, स्वतन्त्र र गरिमामय न्यायलयबाट पटक पटक सफाई पाएतापनि स्वेच्छाचारी ढङ्गले पक्राउ गरेर महिनौ गैरकानुनी थुनामा राखी यातना दिने र गलत मनसायका साथ झुठ्ठा मुद्दाहरू लगाउने असफल प्रयास हुँदै आएको छ ।’ फरक विचार राखेकै कारण डा. राउतसँग एक पटक पनि कुनै वार्ता छलफलै नगरी राज्य क्रुर दमनमा उत्रिनु र उनलाई खुल्ला दर्जनौ भौतिक कारवाहीको साथै ज्यान मार्ने धम्कीहरूसमेत आउँदा सरकार मौन बस्नुले थप हिरासतभित्रै लामो समयदेखि आफ्नो स्वास्थ्य उपचारको माँग गर्दै आएको भएता पनि गत पुष १८ गते मात्र डा. राउतलाई गौर कारागारबाट काठमाण्डौंको भद्र कारागारमा स्थानान्तरण गरिएको छ ।