• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

बालसंसार

ह्यापील्याण्डको ३९ औं वार्षिकोत्सवमा विभिन्न कार्यक्रम

ह्यापील्याण्डको ३९ औं वार्षिकोत्सवमा विभिन्न कार्यक्रम

राजविराज, २२ पुस । राजविराजको चर्चित ह्यापील्याण्ड सेकेण्ड्री स्कूलद्वारा आफ्नो स्थापनाको ३९औं वार्षिकोत्सव एक समारोह बीच आइतबार मनाईएको छ ।
वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै विद्यालयका संस्थापक पुष्प सिटौलाले ह्यापील्याण्ड सेकेण्ड्री स्कूल सप्तरीको शान भएको बताए । जिल्लामा गुणस्तरीय शिक्षाको क्षेत्रमा ह्यापील्याण्ड सेकेण्डूी स्कूल अग्रणी रहेको भन्दै उनले १ हजार ५ सय विद्यार्थी ह्यापील्याण्डमै अध्ययनरत रहनु ह्यापील्याण्ड सेकेण्डूी स्कूल शौभाग्य भएको बताए ।
वार्षिकोत्सव समारोहमा विद्यालयका संस्थापक पुष्प सिटौलाले स्वागत गरे भने कार्यक्रमको सञ्चालन प्रिन्सिपल विजयानन्द झाले गरे । उक्त अवसरमा विभिन्न संकायका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार र प्रमाण–पत्र प्रदान गरिएको छ । विद्यालयका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेका थिए ।