• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
गायिका अञ्जली पटेल भारतको चेन्नईमा सम्मानित

राजविराज, १९ पुस । भारतको चेन्नईमा हालै आयोजित एक भव्य समारोहका बिच रौतहटको गौर–२ महादेवपट्टी निवासी गायिका अञ्जली पटेल स्वर कोकिला हब्बा खातुन साहित्री सम्मानबाट सम्मानित भएकी छिन् ।
मैथिली, भोजपुरी, नेपाली लगायतका विभिन्न भाषामा करिब तीन दर्जन जति गीत रेकर्ड गराईसकेकी उनलाई विशेष रुपमा आमन्त्रित गरी सम्मानित गरिएको हो । स्टेला मारिस कलेज चेन्नई तथा हिन्दी काश्मिरी सङ्गम श्रीनगरको संयुक्त तत्वधानमा आयोजित अन्तराष्ट्रिय संगोष्ठी तथा पुरस्कार एवम् सम्मान समारोहमा आफुलाई सम्मान गरेको जानकारी दिँदै गायिका पटेलले धन्यवाद दिएकी छिन् ।
बाल्यअवस्थादेखि नै गायन क्षेत्रमा सक्रिय उनी देशका विभिन्न जिल्लाका साथै भारतमा आयोजित दर्जनौं ठूला कार्यक्रमहरुमा आफ्नो प्रस्तुति देखाईसकेकी छिन् । भविष्यमा सफल गायिका बन्ने सोचका साथ उनी हाल सङ्गीतमा साधनारत रहेकी छिन् ।
माता चन्द्रकला पटेल तथा पिता चन्देश्वर राउतकी सुपुत्री अञ्जली बी.एस.सी. (केमेस्ट्री), बी.ए. (सङ्गीत) र एम.एड. (हेल्थ) सम्मको शिक्षा प्राप्त गरेकी छिन् । उनले गाएका गीतहरुमध्ये चुल्ही पर करब नै आब…, केहेन छलै ईस्कूल केहेन महटरबा…, देह छै देहाती हमर…, जानो स’ ज्यादा अहाँ स’ प्रेम…, गे बहिना कोनाके कटलौ…चर्चित छन्