• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नेपाली जनता दलको सप्तरी जिल्ला कार्यसमिति गठन

नेपाली जनता दलको सप्तरी जिल्ला कार्यसमिति गठन

राजविराज, १९ पुस । नेपाली जनता दल सप्तरीको पाँचौ जिल्ला अधिवेशनले बैजनाथ चौधरीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको छ ।
समितिको जिल्ला वरिष्ठ उपाध्यक्षमा नेनीलाल दास, उपाध्यक्षमा मन्जु देवी रजक, गेनालाल मण्डल, जिल्ला सचिवमा जयकुमार साह, जिल्ला सह–सचिवमा भूपेन्द्र प्रसाद यादव, कोषाध्यक्षमा प्रभुलाल साह र जिल्ला सह–कोषाध्यक्षमा मिना देवी साह चयन भएकी छिन् । सदस्यमा सोमन चौधरी, किशोर कुमार चौधरी, रामेश्वर दास, श्रवण कुमार साह, दर्पीलाल रजक, लक्ष्मीनारायण गामी र देवनारायण चौधरी रहेका छन् ।
पार्टीको गत सोमवार खर्चुहिया बजार तथा डाक्नेश्वरी नगरपालिका वडा नम्वर–१० बनौलामा सम्पन्न बन्द शत्रले कार्यसमिति चयन गरेको विहीबार पत्रकार महासंघ शाखा सप्तरीको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । २०५२ सालमा आफुहरुले निर्वाचन आयोगमा पार्टी दर्ता गराएको जानकारी दिँदै जनताको पक्षमा काम गरिरहेको केन्द्रीय अध्यक्ष समेत रहेका पूर्व सांसद हरिचरण साहले बताए ।