के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

संविधान संशोधनको मुद्दामा अडिग छौ, संशोधन हुन्छः उप–प्रम यादव

संविधान संशोधनको मुद्दामा अडिग छौ, संशोधन हुन्छः उप–प्रम यादव
Bwtech New Add With Software & Bull SMS

राजविराज, १८ पुस । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उप–प्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संविधान संशोधनको मुद्दामा आफुहरु अडिग रहेको बताएका छन् ।
स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा सञ्चालन हुन लागेको वृहत स्वास्थ्य शिविरको तयारीका लागि बुधवार गृह जिल्ला सप्तरी आएका यादवले यस्तो कुरा बताएका हुन् । संविधान संशोधनको एजेण्डा पनि यथावत रहेको भन्दै जबरजस्ती संविधान जारी गरेका पक्षले पनि संशोधन नगरी हुन्न भन्ने महसुस गर्न थालेको उनले बताए ।
संविधान संशोधनको उचित वातावरण बन्दै गएको उनले बताउँदै उनले भने ‘संविधान संशोधनको एजेण्डा यथावत छ, अवस्था पनि सकारात्मक बन्दै गएको छ’ यादवले भने ‘जसले जवरजस्ती गरे, तिनीहरुलाई पनि संविधान संशोधन नगरी हुन्न भन्ने महासुस भएको छ ।’ शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका संविधान प्रदत्त मौलिक हक उपभोगको वातावरण बन्दै गएको बताए ।
‘अहिलेको संविधानको महत्वपुर्ण भाग भनेको मौलिक हक हो, त्यसको उपभोग गराउन महत्वपुर्ण १६ वटा ऐन बनेका छन्’ यादवले भने–‘मुलुक अव त्यहि दिशामा अघि बढेको छ, संविधान संशोधन हुन्छ नै ।’ देश आमूल परिवर्तनको बाटोमा अगाडि बढेको बताउँदै भर्खरै राणाकालिन मुलुकी ऐन विस्थापन गरेको उप–प्रधानमन्त्री यादवले बताए । उनले भने ‘अहिले पनि पञ्चायतकालिन एकतन्त्रीय ऐन संशोधन गर्नुपर्ने आवश्यक्ता छ, उक्त कार्य हामी गर्दैछौं ।’
संघीय संरचनामा देश अगाडि बढेको बताउँदै जनताले परिवर्तनको अनुभूती गर्ने समय आएको मन्त्री यादवले बताए ।

Online Saptari

About The Author

%d bloggers like this: