Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

अपन एफएमद्वारा ट्राफिक प्रहरीलाई मेसिन प्रदान

अपन एफएमद्वारा ट्राफिक प्रहरीलाई मेसिन प्रदान

राजविराज, १७ पुस । सप्तरीको अपन एफ.एम. १०४.६ मेगाहर्जले जिल्लाको विभिन्न स्थानीय निकाय र नेपाल प्रहरी, ट्राफिक प्रहरीलाई पानी खाने डिस्पेन्सर मेसिन प्रदान गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत रेडियोले नयाँ वर्षको अवसर पारेर उपहार स्वरुप स्वच्छ तातो, चिसो र नर्मल पानी मेसिन प्रदान गरेको एफ.एमका अध्यक्ष नविन नरसिंह नेपालीले बताए । एफ.एमको कार्यालय पुल चौक, राजविराज स्थित एक कार्यक्रमको आयोजना गरी उक्त मेसिन हस्तातरण गरिएको छ ।
रेडियोले सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदान गरेको उतm सहयोगले आफुहरु हर्षित भएको उनीहरुले प्रतिक्रिया दिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र बिष्ट, ट्राफिक प्रहरी प्रमुख छविरमण भट्राई, पाथिभरा फुड्स प्रोड्क्टस एण्ड वाटर इडष्ट्रिजका सञ्चालक,लगायतको उपस्थिति थियो ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।