राजविराज, १७ पुस । । प्रदेश प्रहरी कार्यालय प्रदेश नम्वर २ जनकपुर, संघीय प्रहरी इकाई कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहा समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले एसएमजी सहित एक जनालाई पक्राउ गरेको छ ।
सिरहा धनगढी माई नगरपालिका– ११ छपराडीका ४६ वर्षिय चतुरनारायण चौधरीले बोकेर ल्याएको कालो रातो रंगको झोलाबाट हतियार थान–१, म्याग्जिन थान–२, गोली–५ राउण्ड, कालो रातो रंगको झोला थान– १, स.५ प.३७४१ नम्वरको वाइबिआर मोटरसाइकल थान १, सवारी चालक अनुमति पत्र थान–१, २ वटा सिम प्रयोग हुने मोवाइल थान– १ बरामद गरेको छ । उनको साथबाट स्वतन्त्र तराई निर्माण सेना केन्द्रिय ब्युरो लेखिएको पर्चा थान– २ फेला परेको सिरहा गोलबजार नगरपालिका–४ पूर्व पश्चिम राजमार्ग स्थित पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स. ५ प ३७४१ नम्बरको थ्द्यच् मोटरसाईकल रोकी चेकजाँच गर्दा हतियार सहितका सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय प्रदेश नम्वर–२ जनकपुरले जनाएको छ । पक्राउ परेका चौधरी उपर हातहतियार खरखजाना ऐन अन्तर्गत अनुसन्धान कार्य भईरहेको छ ।