• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

कृषि र पशुपालनको बजेट अन्य शिर्षकमा खर्चिन पाईदैनः मन्त्री साह

कृषि र पशुपालनको बजेट अन्य शिर्षकमा खर्चिन पाईदैनः मन्त्री साह

राजविराज, १५ पुस । प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले स्थानीय तहले कृषि र पशुपालन प्रवद्र्धनकालागि आएको बजेट अन्य शिर्षकमा खर्च गरेकोप्रति आपत्ति जनाएका छन् ।
सप्तरीको राजविराज स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयमा आइतवार आयोजित गाउँ एक एक पशु सेवा प्राविधिकहरुकोलागि सामग्री तथा उपकरण हस्तान्तरण समारोहमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । प्रदेश नम्वर २ को प्रमुख आधार कृषि र पशुपालन भएको बताउँदै उनले भने ‘किसानलाई समृद्ध बनाउन कृषि र पशुपालनका लागि आएको बजेट सोही क्षेत्रमा खर्च गर्नपर्दछ ।’
समन्वयको अभावमा सरकारले दिएका सेवा सुविधा समेत किसानसम्म पुग्न नसकेकोमा मन्त्री साहले चिन्ता व्यक्त गरे । किसानलाई हरेक प्रकारको सुविधा मिलाउन आफुहरु प्रतिवद्ध रहेको बताउँदै मन्त्री साहले किसानको घरघरमा पुगेर सेवा दिन निर्देशन दिए । प्राविधिकहरुकोलागि उपलब्ध गराईएको सामग्री तथा उपकरणलाई सही ढङ्गले उपयोग हुनुपर्नेमा जोड दिँदै उनले भने ‘सामग्रीहरुको सही सदुपयोग गर्नुस्, यदी तालिम आवश्यक छ भने हामी व्यवस्था गर्छौं तर सेवा दिनमा कञ्जुस्याइँ नहोस् ।’
विगतमा सरकारले अनुदान दिए पनि सही सदुपयोग हुन नसकेकोले त्यसलाई बन्द गरेर प्रभावकारी सेवातर्फ आफुहरु केन्द्रित भएको मन्त्री साहले बताए । पशुसेवा विभागद्वारा करिव ५ लाख मुल्य बरावरका उपकरण हस्तान्तरण गरिएको छ । सामग्रीहरुहरुको सही सदुपयोग गरेर ईमान्दारीका साथ काममा जुट्न कार्यालय प्रमुख धु्रव कुमार यादवले प्राविधिकहरुलाई निर्देशन दिए ।