• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

सहकारीको माध्यमले जिल्लाको विकास हुनेः मेयर यादव

सहकारीको माध्यमले जिल्लाको विकास हुनेः मेयर यादव

राजविराज १४ । राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले सहकारीको माध्यमले कृषि क्षेत्रमा लगानी गरिए जिल्लाको विकास हुने बताएका छन् ।
कुशवाहा कृषि सहकारी लिमिटेड राजविराजको ९औं वार्षिक साधारण सभाको उद्घाटन सत्रको सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । तराई मधेश कृषिको लागि उर्वरा भूमि भएकोले कृषिमा आधुनिकीकरण गरेर कृषकको आय आर्जनमा वृद्धिको साथै जिल्लाको समग्र विकासा अगाडी बढ्नपर्नेमा जोड दिए ।
संस्थाको ८औं साधारण सभासम्म पुग्दा २५ जना शेयर थियो भने रु २५ सय शेयर पँुजी रहेको थियो आ.व. २०७४÷०७५ मा ९औं वार्षिक साधारण सभा सम्म आइपुग्दा ७५ जना शेयर सदस्य सहित २४ लाख शेयर पुँजी एकिकृत गर्न सकेका वार्षिक प्रतिवेदन मार्फत अध्यक्ष यादवले बताए । यसैगरी निक्षेप रु ९ लाख ९० हजार ५ सय ८५ संकलन, नाफा ५५ हजार ७ सय ५२ खुद नाफा आर्जन गर्न सफल भएको अध्यक्ष यादवले जानकारी दिए ।
आगामी आर्थिक वर्ष २०७५÷०७६ सम्मा ५० लाखसम्म शेयर पुँजी पु¥याउने र निक्षेप रु १ करोड लिने लक्ष्य सहित संस्थाले १ करोड सम्म कृषि क्षेत्रमा लगानी गर्ने वार्षिक प्रतिवेदन उल्लेख छ ।
कार्यक्रममा ग्लोबल बहुमुखी सहकारी संस्था राजविराजका संस्थापक अधयक्ष सुखराम यादव, ग्लोबल सहकारी संस्थाका भोला रमण उप्रेती, लेखा समिति संयोजक देवकान्त चौधरी, नेपालपत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धिरेन्द्र साह लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।