Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

सप्तरीमा प्रदेशस्तरीय माटो तथा मल परीक्षण प्रयोगशाला

कसैले जग्गा बाँझो राख्न नपाउने ऐन ल्याउँदैछौंः मन्त्री साह
सप्तरीमा प्रदेशस्तरीय माटो तथा मल परीक्षण प्रयोगशाला
Bwtech New Add With Software & Bull SMS

राजविराज, १३ पुस । कृषकहरुको सुविधा तथा कृषि क्षेत्रलाई उत्पादनमुखि बनाउने उद्देश्यले सप्तरीको राजविराजमा प्रदेशस्तरीय माटो तथा मल परीक्षण प्रयोगशालाको शुक्रवार एक समारोहका बीच उद्घाटन गरिएको छ ।
प्रदेश २ का आठ वटै जिल्लामा व्यावसायीक र उन्नत जातका कृषि उपजहरु वृद्धिका लागि सञ्चालनमा ल्याइएको प्रयोगशाला तथा घुम्ती सेवा बसको उद्घाटन भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले गरेका हुन् । कार्यालय उद्घाटन गर्दै मन्त्री साहले अब कसैले पनि जग्गा बाँझो राख्न नपाउने गरी प्रदेश सरकारले ऐन ल्याउन लागेको भन्दै खेती गर्ने कृषकलाई सवै प्रकारका सुविधा दिने प्रतिवद्धता व्यक्त गरे । उनले कृषिको उत्थान नगरी देशको आर्थिक विकास सम्भव नरहेको भन्दै किसानमुखी कार्यक्रम ल्याएर उत्पादन बढाउन प्रदेश सरकार प्रयत्नशिल रहेको बताए ।
सप्तरीमा प्रदेशस्तरीय कार्यालय स्थापना गरिए पनि यो सेवालाई प्रदेशका आठ ओटै जिल्लामा पुर्याईने जानकारी दिँदै मन्त्री साहले भने ‘माटो तथा मल परीक्षण कार्यक्रम जिल्ला–जिल्ला मात्र नभई अब गाउँपालिका तथा वडाहरुसम्म सेवा पुर्याउने छौं ।’ गाउँगाउँमा सिंहदरबार भन्ने नारालाई सार्थक पार्न अब गाउँगाउँका किसान एवम् सर्वसाधारणले अनुभूति गर्ने गरी सेवा दिन लागेको उनले बताए ।
हालसम्म किसानले परम्परागत खेती गर्दै आएकोले अबदेखि माटोको परीक्षण गरी सोही अनुसारको बाली लगाउने तथा मलको अवस्था समेत जाँच गरी खेतीलाई उन्नत एवम् व्यवसायीकरण गर्ने उद्देश्यका साथ आफुहरु अगाडि बढेको मन्त्री साहले जानकारी दिए । प्रदेश २ लाई कृषिमा आत्मनिर्भर बनाउँदै बाहिर निर्यात गर्ने संकल्पका साथ प्रदेश सरकारले काम थालेको बताए ।
प्रयोगशाला स्थापनाले कृषकहरुको जग्गा जमिनको माटो परिक्षण, माटो अनुसार मलको प्रयोग, मौषम अनुकुल खेती गर्ने विधि लगायतका ज्ञान प्राप्त हुने कार्यालयका निमित्त प्रमुख सुनिलकुमार सिंहले बताए । हाल घुम्ती सेवाबाट ३० देखि ४० ओटासम्म माटो परीक्षण गर्न सकिने माटो परिक्षण घुम्ती प्रयोगशालासहितको बस समेत सञ्चालनमा ल्याईएका उनले बताए ।
कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका प्रदेश मुख्य सचिव शम्भु झाले प्रदेशस्तरीय माटो तथा मल परीक्षण कार्यालय सप्तरीमा सञ्चालन हुनु सराहनीय रहेको भन्दै मन्त्री साह सहित प्रदेश सरकारलाई धन्यवाद दिए । नेपाली कांग्रेस सप्तरीका सभापति दिनेश यादवले किसानहरुले मलखाद्, बीऊबिजन, सिंचाई लगायतका समस्या झेल्दैआएकोले अविलम्ब समाधान गर्न मन्त्री साहको ध्यानाकर्षण गराए ।
सप्तकोशी नगरपालिका मेयर उत्तम गौतमले प्रदेश २ लाई भारतको पञ्जाब–हरियाना जस्तै कृषिको उर्वर थलो बनाएर रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले कृषिलाई आधुनिक एवम् प्रविधियुक्त बनाउँदै सेवा सुविधालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए ।
जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सांसदहरु गीता कुमारी यादव, प्रमिला यादव, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका निवर्तमान संयोजक सुनिल कुमार झा, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, नेपाल निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजयकुमार झा लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रममा धन्यवाद ज्ञापन राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव तथा सञ्चालन जिल्ला समन्वय समितिका नायव सुब्बा कमलेश्वर विराजीले गरे ।

Online Saptari

About The Author

%d bloggers like this: