Top_Header_Right_Add

विचौलियाको चलखेल रोक्न डिआइजी पालको निर्देशन

विचौलियाको चलखेल रोक्न डिआइजी पालको निर्देशन

राजविराज १३, पौष । प्रदेश २ का प्रहरी नायव महानिरीक्षक हरिवहादुर पालले नागरिकको काममा विचौलियाको चलखेल भईरहेको भन्दै त्यसलाई तत्काल रोक्न निर्देशन दिएका छन् । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर ११, ठेलिया स्थित ईलाका प्रहरी कार्यालयको नव निर्मित भवन शुक्रवार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । नागरिकलाई दिईने सेवा सुविधालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले ‘विचौलीयाको चक्करमा परेर धेरैको घरवार एवम् सम्पत्ति स्वाहा भएको छ, यस्तो कार्यको अन्त्य हुनुपर्छ ।’
प्रहरीले दुःख दिए, ज्यादती गरे वा काम गर्न वहाना वनाए त्यसभन्दा माथिल्ला निकायमा उजुरी गर्न समेत उनले सर्वसाधारणलाई आग्रह गरे । खराव नियत भएका कतिपय प्रहरीलाई आफुले कारवाही पनि गरिरहेको बताउँदै पालले जनताका काममा पैसा लिने र दुःख दिने प्रहरीका बारेमा सूचना दिए कानूनी दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
प्रहरी नायव महानिरिक्षक पालले सप्तरी लगायतका कतिपय जिल्लामा जङ्गली हात्तीले आतङ्क मच्चाएको भन्दै आवश्यक्ता अनुसार सर्वसाधारणको सहयोगका लागि खटन निर्देशन दिए ।
पालले १ करोड ९१ लाखको लागतमा निर्मित इलाका प्रहरी कार्यालय ठेलीयाको तीन तले भवन उद्घाटन गरे । आवाश तथा भौतिक योजना महाशाखाको नियमित वजेट मार्फत निर्माण भएको १० कोठे भवनका लागि स्थानीय श्रवण विष्टले २ कठ्ठा १० धुर जग्गा उपलब्ध गराएका छन् । २०७४ वैशाखमा भवन निर्माणको ठेक्का लागेको थियो ।
प्रहरी कार्यालय सारेको विरोधमा शुक्रवार स्थानीय व्यवसायीले बजार पसल वन्द गरेर प्रदर्शन समते गरेका छन् । भवन निर्माणका क्रममा पुरानो कार्यालय कायमै राखी थप कार्यालय सञ्चालनमा ल्याउने सहमति गरेर सर्वसाधारणलाई झुक्याईएको स्थानीयको आरोप छ ।
प्रदेश २ का प्रहरी नायव महानिरीक्षक पाल र सप्तरीका सिडिओ सुरेन्द्र पौडेलले कार्यालय जहाँसुकै भएपनि स्थानीय जनताको सुरक्षामा कुनै कमी नहुने प्रतिवद्धता व्यक्त गरे ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer