• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

अमसोतको १४ औ वार्षिक साधारण सभा सम्पन्न

अमसोतको १४ औ वार्षिक साधारण सभा सम्पन्न

बृजमान तामाङ
विरेन्द्र बजार, १३ पुस । अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले समाजिक रुपान्तरणको प्रमुख आधार सहकारी संस्था रहेकोले यसले नै समृद्धिको बाटो खोल्ने बताएका छन् ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ४ स्थित बेल्हामा शुक्रवार अमसोत सामुदायिक कृषी सहकारी संस्था लिमिटेड प्रसवनीको १४औ वार्षिक साधारण सभालाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । समाजिक परिर्वतनका संवाहक यूवा शक्ति दिनप्रतिदिन लागू औषधको कुलतमा परेको प्रति चिन्ता व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथी चौधरीले सामाजिक विकृती र विसंगती न्यूनिकरण गर्ने योजना ल्याउन आग्रह गरे । प्रदेश नम्वर २ सरकारको बेटी पढाउ वेटी बचाउ अभिानको वारे चर्चा गर्दै अध्यक्ष चौधरीले छोरीलाई नियमित विधालय पठाउन आग्रह गरे । गाउँपालिका उपाध्यक्ष मिना चौधरीले महिलाहरुको सक्रियतामा संचालित सहकारी संस्थाले गरेको प्रगतिको प्रशंसा गरिन । अवसर पाए महिलाहरु सवै काम गर्न सक्षम छन भन्ने सहकारी मार्फत प्रमाणित गरेको वताउदै कार्यक्रमका विशिष्ट अतिथी समेत रहेकी उपाध्यक्ष चौधरीले सहकारी संस्थाको हरेक क्रियाकलापमा सहयोग गर्न गाउँपालिका तत्पर रहने प्रतिवद्धता ब्यक्त गरिन् ।
अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष कुसुम आचार्यले समाजमा महिलालाई हेर्ने दृष्टीकोणमा परिवर्तन अझै नआएको बताईन । संस्थाका अध्यक्ष सुमित्रा चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा साविक प्रसवनी गाविसका अध्यक्ष रामदेव यादव, संस्थाका लेखा समिति संयोजक पार्वती चौधरी, वडा नम्वर ४ का वडा सदस्य शंकर चौधरी, समाजसेवी उचित नारायण चौधरी, धिरेन्द्र प्रसाद चौधरी, जगदिश झा लगायतकाले शुभकामना मनतव्य ब्यक्त गरे ।
सहकारी संस्थाका सञ्चालक समितिका सचिव कपिलदेव मण्डलद्वारा सञ्चालित कार्यक्रममा स्वागत लेखा समिति सदस्य अनिता चौधरीले गरिन् । साधारण सभावाट संस्थाका व्यवस्थापक रामी यादवद्धारा प्रस्तुत आव २०७४÷०७५ को लेखा परीक्षण प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
साधारण सभाले आगामी कार्यकालका लागी नयाँ संचालक समिती समेत चयन गर्ने जनाईएको छ । अग्नीसाईर कृष्णासवन गाउँपालिकाको वडा नम्वर २,३ र ४ तथा महदेवा गाउँपालिकाको पकरी कार्यक्षेत्र रहेको उक्त सहकारी संस्थामा महिला ५ सय ७२ र पुरुष १२ जना गरी जम्मा ५ सय ८४ जना शेयर सदस्य छन् ।