Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

विरगञ्ज पब्लिक कलेजद्वारा दौड प्रतियोगिता

विरगञ्ज पब्लिक कलेजद्वारा दौड प्रतियोगिता

पर्सा, १३ पुस । विरगञ्ज पब्लिक कलेजद्वारा आयोजित साता व्यापी विभिन्न कार्यक्रम अन्तर्गत शुक्रवार चौथो दिन विरगञ्जको नारायणी रंगशालामा दौड प्रतियोगिता आयोजना गरियो ।
चार सय मिटर फ्रि दौड, सय मिटर दौड र कम गतिमा साइकल रेस अन्तर्गत विभिन्न प्रतियोगीताहरु सम्पन्न भएको हो । साताव्यापी खेलकुद कार्यक्रम अन्तर्गत १५ गते आइतबार हुने विभिन्न खेलहरु को प्रतिस्पर्धा गराई आदर्श स्कुलको प्राङ्गणमा समापन गरिने निर्णय गरिएको छ ।
विरगञ्ज पब्लिक कलेजका निर्देशक डा. दिपक शाक्यको अध्यक्षतामा सम्पूर्ण कार्यक्रमहरु शुभारम्भ गरिएको थियो । कार्यक्रमलाई उच्च स्तरीय बनाउन विरगञ्ज पब्लिक कलेजका हरिरत्न तुलाधर, किरन शाक्य, पुजा साह, अविन्द, बासु, लगायतका शिक्षकहरुले विशेष भूमिका निर्वाह गरेको जनाईएको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।