• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

रद्द गरिँदै अस्पतालमा निर्माणाधिन प्रसुती गृहको ठेक्का

रद्द गरिँदै अस्पतालमा निर्माणाधिन प्रसुती गृहको ठेक्का

राजविराज ९ पुस । भारतीय लगानीमा राजविराज स्थित सगरमाथा अञ्चल अस्पतालमा निर्माणाधिन प्रसुती गृहको ठेक्का रद्द गर्न प्रकृया सुरु भएको छ ।
वर्षौ वितिसक्दा पनि ठेकेदार कम्पनीले निर्माणको काम नसकेपछि ठेक्का रद्द गर्न लागिएको हो । भारतीय दुतावासमा ठेक्का रद्द गर्ने फाइल पेश गरिएको अस्पतालले जनाएको छ । कुल २ करोड २३ लाख ४४ हजार रुपैयाँमा ठेक्का लागेको प्रसुति गृह निर्माणको काम २०६६ सालमा सम्पन्न गर्नुपर्ने थियो । यद्यपी निर्माण कम्पनीले चासो नदेखाएपछि ठेक्का रद्द गरेर नयाँ प्रकृया सुरु गर्न लागिएको मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।
उनका अनुसार पुरानो ठेक्का रद्द गरी स्वास्थ्य मन्त्रालयको बजेटबाट भवन निर्माणको काम सम्पन्न गरिने छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय मार्फत अधुरो काम सम्पन्न गर्ने गरी ठेक्का आह्वानको तयारी भईरहेको छ ।
डिभिजन कार्यालयका प्रमुख रमेश थिङ्गले प्रसुति गृहको अधुरो भवन सम्पन्न गर्नका लागि ठेक्का लगाउने तयारी भईरहेको वताए । बजेट आउने निश्चित रहे पनि आएपछि मात्र ठेक्का लगाएर काम शुरु गरिने जानकारी दिए ।