Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

बजाज युथ टिम टि–ट्वान्टी क्रिकेटको दोश्रो क्वाटर फाइनलमा

बजाज युथ टिम टि–ट्वान्टी क्रिकेटको दोश्रो क्वाटर फाइनलमा

राजविराज, ९ पुस । च्याम्पियन स्टार क्रिकेट टिमद्वारा सञ्चालित क्रिकेट प्रतियोगिताको दोस्रो क्वाटर फाइनलमा बजाज युथ एकेडेमी बिसनपुर विजयी भएको छ ।
सप्तरीको बोदे बर्साइन नगरपालिका ५ जाँजरमा सञ्चालित टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवार सम्पन्न दोश्रो क्वाटरफाइनल खेलमा बजाज युथ एकेडेमी बिसनपुर सप्तरी बिजयी भएको हो । झन्झारपुर भारतलाई १ सय ९९ रनले पराजित गर्दै बजाज युथ एकेडेमी बिसनपुर विजयी भएको छ ।
टस जितेर पहिलो ब्याटिङ गरेको बिसनपुरले निर्धारित २० ओभरमा ७ बिकेट गुमाएर २३६ रनको योगफल बनाएको थियो । बिसनपुरका फिर्दाेस अन्सारी ८६, मुकुन्द यादव ३६ रन, अमित दास ३० रन, रमेश यादव २१ रन, श्रवण यादव २१ रन, महबुब आलम १७ रन र विकास दास (पोलार्ड)ले १७ रनको योगदान दिएको थियो । झन्झारपुरका मो. सलाम, सच्चिनकुमार र रामकुमार २÷२ बिकेट तथा मो. पठान १ बिकेट हात पारेको थियो ।
प्रतिउत्तरमा २३७ रनको बिजयी लक्ष्यसहित मैदान उत्रेको झन्झारपुर टिम ११ ओभर ३ बलमा अलआउट हुदै १२० रन मात्र बनाउन सक्यो । झन्झारपुरका मो. पठानले १७ र सच्चिनकुमार १० रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटस म्यानले दोहरो अंक जोड्न सकेन् । झन्झारपुरलाई सस्तैमा समेटिने क्रममा बिसनपुरका बिबेक यादवले ४, नन्दन झा र फिर्दाेस अन्सारी २÷२ तथा रोबिन सिंह र श्रवण यादवले समान १÷१ बिकेट हात पारे । प्रतियोगिताको म्यान अफ द म्याच बिसनपुरका फिर्दाेष अन्सारी घोषित भए । प्रतियोगिता अन्तर्गत मंगलवार तेश्रो क्वाटर फाइनल खेल राजविराज सप्तरी र मिर्चैया सिरहा बीच हुने आयोजकले जनाएको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।