Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

लागु औषधसहित तीन जना पक्राउ

लागु औषधसहित तीन जना पक्राउ

राजविराज, ८ पुस । वडा प्रहरी कार्यालय राजविराजको टोलीले शनिवार लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वाग्लुङ्गको कोढेकोला गाउँपालिकाका २१ वर्षिय निलसु मगर, छिन्नमस्ता गाउँपालिका ३ का २० वर्षिय मोहमद इसराइल र १९ वर्षिय करण यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार राजबिराज नगरपालिका वडा नम्वर ४ बाट पक्राउ परेका युवाहरुको साथवाट ४ सय १७ थान नाइट्राभेट ट्याबलेट बरामद गरिएको छ । उनीहरुको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिएका छन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।