• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

आपतकालिन कार्य सञ्चालन केन्दलाई उपकरण सहयोग

आपतकालिन कार्य सञ्चालन केन्दलाई उपकरण सहयोग

राजविराज, ५ पुस । युनिसेफको सहयोगमा तिलाठी कोइलाडी गाउँपालिकाले जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र(डिईओसी) सप्तरीलाई आवश्यक उपकरण सहयोग गरेका छन् ।
युनिसेफको सहयोगमा सञ्चालित बाल केन्द्रित विपद् जोखिम न्युनिकरण कार्यक्रम अन्तर्गत जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र सबलीकरण क्रियाकलाप अन्तर्गत उपकरण तथा अन्य सामग्रीहरु प्रदान गरिएको हो । जिल्ला विपद् ब्यवस्थापन समितिको बैठकमा गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले समितिका संयोजक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई सामग्रीहरु हस्तान्तरण गरे ।
डिईओसीको काम कारबाहीलाई चुस्त दुरुस्त बनाउन एक सेट कम्प्युटर, प्रिन्टर, ब्याट्री, कुर्सी २ थान, एक थान खाट, टेलिफोन सेट, एक बर्षको इन्टरनेट शुल्क तथा टेलिफोन महशुल बुझाइएको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् जोखिम न्युनिकरण अधिकृत राजेश कुमार झाले जानकारी दिए । यस अघि डिईओसीको भवन समेत सोही क्रियाकलाप अन्तर्गत मर्मत सम्भार गरिएको थियो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सहयोग सामग्रीले डिईओसीको काम कारबाहीलाई चुस्तबनाउन सहयोग पुग्ने बताए । युनिसेफको सहयोगमा तिलाठी कोइलाडी गाउँपालिकाले जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र(डिईओसी) सप्तरीलाई आवश्यक उपकरण सहयोग प्रदान गरेको छ ।
युनिसेफको सहयोगमा सञ्चालित बाल केन्द्रित विपद् जोखिम न्युनीकरण कार्यक्रम अन्तर्गत जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र सबलिकरण क्रियाकलाप अन्तर्गत उपकरण तथा अन्य सामग्रीहरु प्रदान गरिएको हो । जिल्ला विपद् ब्यवस्थापन समितिको बैठकमा गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले समितिका संयोजक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई सामग्रीहरु हस्तान्तरण गरे ।
डिईओसीको काम कारबाहीलाई चुस्त दुरुस्त बनाउन एक सेट कम्प्युटर, प्रिन्टर, ब्याट्री, कुर्सी २ थान, एक थान खाट, टेलिफोन सेट, एक बर्षको इन्टरनेट शुल्क तथा टेलीफोन महसुल समेत बुझाइएको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् जोखिम न्युनिकरण अधिकृत राजेश कुमार झाले जानकारी दिए । यसअघि डिईओसीको भवन समेत सोही क्रियाकलाप अन्तर्गत मर्मत सम्भार गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सहयोग सामग्रीले डिईओसीको काम कार्वाहीलाई चुस्त बनाउन सहयोग पुग्ने बताए ।