Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

आन्दोलनको तयारीमा अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरु

सरकारद्वारा आफुहरुमाथि अन्यायपुर्ण व्यवहार भएको आरोप
आन्दोलनको तयारीमा अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरु
Bwtech New Add With Software & Bull SMS

राजविराज, ३ पुस । सरकारले अतिरिक्त हुलाकका कर्मचारीमाथि अन्यायपुर्ण व्यवहार गरिरहेको भन्दै अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरु आन्दोलित हुने भएका छन् ।
सरकारले कर्मचारी–कर्मचारीमा विभेद गर्नुका साथै अतिरिक्त हुलाकका कर्मचारीमाथि अन्यायपुर्ण ब्यवहार गरिरहेकाले आन्दोलन गर्न आफुहरु बाध्य भएको उनीहरुले बताएका छन् । आन्दोलन तयारीका लागि पुष ७ गते सप्तरी सदरमुकाम राजविराजमा कर्मचारीहरुको राष्ट्रिय भेला आयोजना गर्न लागिएको राजविराजमा मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा नेपाल अतिरिक्त हुलाक कर्मचारी राष्ट्रिय भेला तयारी समितिका संयोजक देवनारायण यादवले जानकारी दिएका छन् ।
उनका अनुसार देशभरका ३ हजार ४ सय ७४ अतिरिक्त हुलाक कार्यालयमा कार्यरत १० हजार ७ सय ७७ कर्मचारीहरुको भेलाले संघर्ष समिति गठन गर्ने र आन्दोलनका कार्यक्रम सार्वजनिक गरिनेछ । सरकार र सम्वन्धित विभागमा आफुहरुको समस्या समाधानका लागि पटक–पटक आग्रह गर्दा पनि आश्वासन बाहेक केहि नपाएपछि वाध्य भएर आन्दोलनको बाटो रोज्नु परेको संयोजक यादवले बताए । आफुहरुले वर्षौदेखि मासिक ६ हजार तलवमा काम गर्न बाध्य रहेको उनले दुःखेसो सुनाए ।
सरकारले वेवास्ता गर्दा आफुहरुलाई दैनिक हातमुख जोर्न पनि समस्या भएको मोरङ्ग स्थित अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारी लक्ष्मी श्रेष्ठले बताईन् । अतिरिक्त हुलाक कर्मचारीलाई नेपाल सरकारको कर्मचारी मान्नुपर्ने, निजामति कर्मचारी सरह सेवा सुविधा दिनुपर्ने तथा विमाको ब्यवस्था, नागरिक लगानी कोष कट्टा, २०७४ सम्म काम गरेका कर्मचारीलाई निःशर्त स्थायी गर्नु पर्ने सहित उनीहरुले १४ वटा माग राखेका छन् ।

Online Saptari

About The Author

%d bloggers like this: