के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

क्लव र सांसद यादवद्वारा अग्नीपीडितलाई राहत

क्लव र सांसद यादवद्वारा अग्नीपीडितलाई राहत
Bwtech New Add With Software & Bull SMS

राजविराज, १ पुस । सप्तरीको बोदेबर्साइन–७ सप्तरी बगविरा गाउँका अग्नीपीडित गेना लाल दासका परिवारलाई धर्मी हल्फा महिला विकास कल्व र प्रदेश २ का सांसद अभिषेक यादवद्वारा आइतवार राहत वितरण गरियो ।
अग्नीपीडित परिवारलाई त्रिपाल, तन्ना, धोती, थाल, गिलास, लोहिया, डेक्ची, कम्बल सहित नगद ५ हजार रुपैयाँ वितरण गरियो । उक्त अवसरमा वडा सदस्य बेचनी देवी दास, ईलाका प्रहरी कार्यालय बोदेबर्साइनका असइ बलबहादुर राई , स्थानीय सञ्चारकर्मी लोकेन्द्र प्रसाद यादव र स्थानीयवासिन्दा समेतको उपस्थिति थियो ।
आगलागीमा परि गाई २, बाख्रा ६, साईकल, धान, चामल लगायतका समानहरु जलेर नष्ट भएको छ ।

Online Saptari

About The Author

%d bloggers like this: