• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रदेश २ का जिल्लाहरुमा कार्यक्षेत्र विस्तार गर्दै सबल नेपाल

निबन्ध प्रतियोगितामा पत्रकार पोखरेल पुरस्कृत
प्रदेश २ का जिल्लाहरुमा कार्यक्षेत्र विस्तार गर्दै सबल नेपाल

राजविराज, २९ मंसिर । खुला अनलाइन निबन्ध प्रतियोगितामा उत्कृष्ट सप्तरीका पत्रकार तथा अधिकारकर्मी मनोहरकुमार पोखरेल पुरस्कृत भएका छन् ।
१०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सबल नेपालद्वारा आयोजित अनलाइन निबन्ध प्रतियोगितामा ‘आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण, ग्रामिण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण’ शिर्षकमा उत्कृष्ठ निबन्ध लेखेवापत पोखरेलले प्रथम पुरस्कार प्राप्त गरेका हुन् । सबल नेपालले शनिबार आफ्नो १३ औं वार्षिक साधारण सभामा पुरस्कृत पोखरेललाई नगद पाँच हजार एक रुपैयाँसहित प्रशंसापत्र र उपहार प्रदान गरेको छ ।
सबल नेपालका अध्यक्ष जुना गिरीको अध्यक्षता एवं जिल्ला समन्वय समितिका संयोजक प्रभाकर यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पोखरेललाई राजविराज नगरपालिकाका उपप्रमुख साधना झाले पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गरे । कार्यक्रममा सबल नेपालका परमेश्वर कुमार झाले आ.व. २०७४÷०७५ को बार्षिक प्रतिवेदन तथा आ.व. २०७५÷०७६ को बार्षिक कार्यक्रम समेत पेश गरे । आ.व.२०७४÷७५ मा सञ्चालित १० परियोजनाको ७ करोड १५ लाख १२ हजार १ सय ६३ रुपैया खर्च भएको तथा आर्थिक बर्ष २०७५÷७६ को लागि १२ करोड ९४ लाख ३७ हजारको अनुमानित बजेट समेत पेश गरिएको छ ।
सबल नेपालले यसै बर्षदेखि प्रदेश नम्वर २ को सिरहा, जनकपुर तथा महोत्तरी लगायतका फिल्ड कार्यालय बिस्तार गर्दै सामाजिक कार्य गर्ने जानकारी गर्दै राजबिराज नगरपालिका स्थित भगवती पोखरीमा भगवती आराधना, युवा लक्षित कार्यक्रम गर्दै जिल्लाको खेलकुद विकासमा आवश्यक पहल गर्ने लगायतको कार्यक्रम पेश गरियो ।
गैसस महासंघ सप्तरीको अध्यक्षमा निर्वाचित शम्भुनन्द चौधरीलाई समेत सम्मान गरेको थियो । कार्यक्रममा सबल नेपालका उत्कृष्ट ९ कर्मचारीलाई ट्रफी तथा प्रमाण पत्र सहित सम्मान गरियो । सम्मानित हुनेहरुमा निरबहादुर आले, जितेन्द्र मण्डल, राधा चौधरी, अशोक कुमार साह, देवेश कुमार चौधरी, शुभनारायण यादव, चन्दन यादव, रोशन मण्डल तथा नितु कर्ण रहेका छन् ।
कार्यक्रममा हुकोडनका अध्यक्ष सुरेन्द्र यादव, खडक नगरपालिका शिक्षक संघका अध्यक्ष शैलेन्द्र चौधरी, केके मोटर्सका प्रोप्राइटर अनवर अली, जिल्ला बाल क्लब सञ्जालका सचिव बरदान श्रेष्ठ, समाजसेवी सुर्यनारायण यादव, जिल्ला अदालतका दिल कुमार वर्देवा, सेभ द चिल्ड्रेनका ईन्द्र हायु, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, राजबिराज नगरपालिकाका उपमेयर साधना झा, तिलाठि कोईलाडि गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिहं, गैसस महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, राजबिराज नगरपालिका मेयर शम्भु यादव, सुरुंगा नगरपालिका मेयर मुक्तिनाथ चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रमको अध्यक्षता सबल नेपालका अध्यक्ष जुना गिरीले गरिन् । कार्यक्रमको सञ्चालन सबल नेपालका कोषाध्यक्ष आयुष श्रेष्ठ तथा सबल नेपालका कार्यकारी निर्देशक दिपककुमार झाले स्वागत मन्तव्य व्यक्त गरे ।