Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

शुरु भयो जाँजरमा टि ट्वान्टी क्रिकेट प्रतियोगिता

शुरु भयो जाँजरमा टि ट्वान्टी क्रिकेट प्रतियोगिता

राजविराज, २९ मंसीर । सप्तरीको बोदे बर्साईन नगरपालिका ५ जाँजरमा शनिवारदेखि टि ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन भएको छ ।
च्याम्पियन स्टार क्रिकेट टिमद्वारा सञ्चालित क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा बैरिया टिम विजयी भएको छ । टस जितेर पहिलो ब्याटिङ्ग गरेको बैरियाले निर्धारित २० ओभरमा अलआउट हुँदै २१० रनको योगफल बनाएको थियो । जसमा बैरियाका विशालले शतक जोडे । राजेशले ४९ र मुन्ना खानले २० र गोबिन्दले १० रनको योगदान दिए । लौकहीका प्रदीप ३, जिया अन्सारी र रफिक नाज २÷२, मनोज र मन्जरले १÷१ बिकेट हात पारे ।
प्रतिउत्तरमा २११ रनको विजयी लक्ष्यसहित मैदान उत्रेको लौकही टिमले अलआउट हुँदै १०५ रन मात्र बनाउन सके । जसमा लौकहीका अजितले सर्वाधिक २१ रन बनाएको थियो भने प्रदीप कुमार १८ र जिया अन्सारीले १३ रन र सुभाष १२ रनको योगदान गरेको थियो ।
लौकहीलाई सस्तैमा समेटिन बैरियाका रबिन्दर ३, राजेश, आकाश र प्रियान्सले समान २÷२ तथा राजेशले १ बिकेट लिएका थिए । प्रतियोगिताको म्यान अफ द म्याच बैरियाका विशाल घोषित भए । प्रतियोगिता अन्तर्गत आईतवार मिर्चैया सिरहा र कुशहा सप्तरीको बीच हुने आयोजकले जनाएको छ ।
यसअघि आयोजक खेलकुद समिति अध्यक्ष मो. मन्सुर अध्यक्षतामा आयोजित प्रतियोगिताको एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य अभिषेक प्रसाद यादवले उद्घाटन गरे ।
कार्यक्रममा अतिथि बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मो . मजेवुल रहमान, जिल्ला समन्वय समिति सप्तरी सदस्य मो. दाउद हुसेन, राजपा नगर संयोजक अमरेन्द्र यादव, नेकपा युवा नेता प्रमोद यादव, ईलाका प्रहरी कार्यालय बोदे बर्साईन प्रहरी नायव निरीक्षक प्रदिप सिंह, सञ्चारकर्मी लोकेन्द्र प्रसाद यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
प्रतियोगिताको बिजेताले ५१ हजार रुपैयाँ, मेडल र उपबिजेताले रु. ३१ हजार प्राप्त गर्ने जनाईएको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।