Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

पर्सा ११ लाई हिरो कप’ फुटबल प्रतियोगिताको उपाधि

पर्सा ११ लाई हिरो कप’ फुटबल प्रतियोगिताको उपाधि

राजविराज, २८ मंसिर । सप्तरीको बरमझियामा सञ्चालित प्रदेश स्तरीय ‘१९औं हिरो कप’ फुटबल प्रतियोगिताको उपाधि पर्सा ११ ले जित हात पारेको छ ।
शुक्रवार सम्पन्न फाईनल खेलमा सर्लाही ११ लाई १–० गोल अन्तरले हराउँदै पर्सा ११ उपाधि विजेता वनेको हो । रोमाञ्चक खेलमा पहिलो हाफको ३२औं मिनेटमा पर्साका कृपाकान्त चौधरीले डिएरियाबाट गरेको प्रहार गोलमा परिणत भयो । सोही गोल निर्णायक बन्न पुग्यो । जितसँगै पर्सा ११ ले १ लाख नगद पुरस्कार जितेको छ भने उप बिजेता सर्लाही ११ ले नगद ५० हजार पुरस्कार प्राप्त गरेको छ ।
विजेता खेलाडिलाई प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य डा. सुर्य नारायण यादव तथा कञ्चनरुप नगरपालिकाका मेयर बसन्त कुमार मिश्रले शिल्ड तथा प्रमाण पत्र प्रदान गरेका थिए । हिरोज स्पोटिङ्ग क्लवको आयोजनामा मंसिर १७ गतेदेखिसुरु भएको प्रतियोगितामा प्रदेश २ का ८ वटै जिल्लाले सहभागिता जनाएका क्लवका अध्यक्ष बिजयी कुमार चौधरीले वताए ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।