Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

मुसहर्नियाँ दुई देशीय कुस्ती प्रतियोगिता

मुसहर्नियाँ दुई देशीय कुस्ती प्रतियोगिता

राजविराज, २७ मंसिर । सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर ८ मुसहर्नियाँमा विहिवारदेखि दुई देशीय कुस्ती प्रतियोगिता सुरु भएको छ ।
मंसिर २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल तथा भारतका २८ जना कुस्तीवाजहरुको सहभागिता रहेको छ । प्रतियोगितामा बारा, नवलपरासी, सिरहा, पर्सा तथा भारतको वनारस, झाँसी, गाजियावाद, हरियाणा, दिल्ली, उत्तरप्रदेश लगायतका कुस्तीवाजको सहभागिता रहेको प्रतियोगिता आयोजक समितिका अध्यक्ष सुगम्वर यादवले जानकारी दिएका छन् ।
विहिवार भएको ७ प्रतियोगितामा नेपालका २ र भारतका ५ जना कुस्तीवाज विजयी भएका छन् । नेपालको विरगञ्जका राजेन्द्र र नवलपरासीका पावर पहलवान तथा भारतको विहार स्थित सितामणीका राजेन्द्र, केदार वक्सर, अररीयाका छोटा यादव, युपीका जितेन्द्र र राजस्थानका कारी पहलवान विजयी भएको उनले बताए ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।