के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा गोष्ठि

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा गोष्ठि
Bwtech New Add With Software & Bull SMS

राजविराज, २४ मंसिर । लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल सप्तरीको आयोजनामा ७० औं अन्तर्राट्रिय मानवअधिकार दिवसको अवसर पारेर सोमवार राजविराज नगरपालिका सभाकक्षमा गोष्ठि आयोजना गरियो ।
राजविराज नगरपालिकाको सहयोगमा आयोजित लैङ्गिक हिंसा न्यूनिकरणमा सरोकारवालाको भूमिका विषयक कार्यशाला गोष्ठि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यमा आयोजना गरिएको हो । सञ्जालका अध्यक्ष एवं इन्सेक प्रतिनिधि मनोहर पोखरेलले कार्यपत्र प्रस्तुत गरे भने जिल्ला न्यायधिवक्ता पुण्यप्रसाद सापकोटाले टिप्पणी गरे ।
उक्त अवसरमा डाकनेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साह, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, महिला मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष अनिता देवकोटा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुधा देव, महासंघका प्रदेश सदस्य ललिता साह, अधिवक्ताहरु मीना देव, सबिता कोइराला, मनु खनाल, प्राध्यापक सुरेन्द्र गुप्ता, राजविराज नगर उपप्रमुख साधना झा, प्रहरी उपरीक्षक राजेन्द्र विष्ट, सशस्त्र प्रहरी उपरीक्षक खेम थापा, नेकपाका ममता चौधरी, संघीय समाजवादी फोरम नेपालका केदार यादव, राजविराज नगरपालिका वडा २ का अध्यक्ष अरुण यादव, युनिक कलेजका विद्यार्थी रमेशकुमार यादव लगायतले मन्तव्य व्यक्त गरे ।

Online Saptari

About The Author

%d bloggers like this: