• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

महोतरीलाई पराजित गर्दै पर्सा ११ फाइनलमा प्रवेश

फाइनल खेल सर्लाही ११ र पर्सा ११ बीच हुने
महोतरीलाई पराजित गर्दै पर्सा ११ फाइनलमा प्रवेश

कञ्चनपुर, २३ मंसिर । हिरोज स्पोर्टिङ क्लब बरमझियाद्वारा जारी प्रदेशस्तरिय ‘१९ हिरो कप’ फुटबल प्रतियोगिता अन्तर्गत आइतवारको दोश्रो सेमीफाइनल खेलमा महोत्तरीलाई हराउदै पर्सा ११ फाइनलमा प्रवेश पाएको छ ।
प्रतिष्पर्धात्मक खेलको पहिलो हाफमा पर्साका जर्सी नम्वर १७ का खेलाडी विपिन कँडेलले १७ औंं मिनेटमा पहिलो गोल गरे । पर्सा टिमकै जर्सी नम्वर १४ का खेलाडी कृष्णकान्त चौधरीले २० औं मिनेटमा गोल ग¥यो भने साहीे टिमका ३३ औं मिनेटमा खेलाडी कृष्णकान्त चौधरीले तेश्रो गोल गरी विजयी हासिल गरेका छन् ।
दोश्रो हाफमा पर्साका जर्सी नम्वर ७ का खेलाडी अस्मित चौधरीले ४ औं मिनटमा गोल गरे लगतै पर्सा ११ का जर्सी नम्वर १४ का खेलाडी कृष्णकान्त चौधरीले ५ औं मिनटमा अर्को गोल गर्न सफल भएको थियो । खेलको ३९ औं मिनेटमा पर्सा ११ का जर्सी नम्वर ९ का खेलाडी उज्जवल बस्नेत अन्तिम अर्थात ६ गोल गरि पर्सा ११ ले रेकर्ड कायम गरिएको छ ।
एकदमै प्रतिष्पर्धा रहेको खेलमा ६÷० गोल अन्तरले पर्सा ११ टिम विजयी भएका छन् । पर्सा ११ जर्सी नम्वर १४ का कृष्णकान्त चौधरी म्यान अफ दि म्याच घोषित भएका छन् । हिरोज स्पोटिङ क्लब बरमझियाद्वारा प्रदान गरिएको म्यान अफ दि म्याचको शिल्ड विशिष्ट अतिथि तथा लक्ष्मीनारायण माध्यमिक विद्यालय बैरवाका प्रधानाध्यापक राजकुमार साहले हस्तान्तरण गरेका छन् । म्यान अफ दि म्याच घोषित चौधरीलाई माँ दुर्गा ज्वलर्स बरमझियाका प्रोपाईटर हरिप्रसाद साह स्वर्णकारले चाँदीको मेडल तथा चौधरी फार्मेसी कञ्चनपुर बजारका प्रोपाईटर माधव चौधरीले दुई हजार रुपैंयाँ सहयोग गरिएको छ ।
प्रदेशस्तरीय फूटबल प्रतियोगिता अन्तरर्गत फाइनल खेल मंसिर २८ गते शुक्रवार निर्धारित समयमा सर्लाही ११ र पर्सा ११ बीच खेल हुने हिरोज स्पोर्टिङ क्लबका अध्यक्ष विजय चौधरी जनाएका छन् । प्रतियोगितामा प्रदेश २ का सबै ८ वटै जिल्ला टिमहरुको सहभागिता रहेको छ । प्रतियोगितामा बिजेता हुने टिमले हिरो कप सहित एक लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपबिजेता टिमले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको मिडिया पार्टनरको भुमिकामा अवलोकित दैनिक रहेको छ ।