• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
आइडियलको मुनाफा १ करोड ७५ लाख २६ हजार ६ सय

राजविराज, २३ मंसिर । आईडियल सहकारी संस्था लिमिटेड राजविराजको १ करोड ७५ लाख २६ हजार ६ सय मुनाफा पुगेको छ ।
राजविराजमा शनिवार संस्थाको सम्पन्न १९ औं साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७३÷०७४ मा १ करोड ४० लाख मुनाफा गरेकोमा आर्थिक वर्ष ०७४÷०७५ मा १ करोड ७५ लाख २६ हजार ६ सय ७९ रुपैया ६४ पैसा मुनाफा पुगेको हो ।
संस्थाका अध्यक्ष गणेशकुमार आशले प्रस्तुत गरेको प्रतिवेदनमा सोहि अवधिमा २ अर्व ७७ करोड ३२ लाख ६७ हजार ६ सय ७२ रुपैया ७२ पैसा बचत संकलन तथा २ अर्व ५६ करोड ७६ लाख ८ हजार १ सय ८२ रुपैया १९ पैसा भुक्तानी गरेको जनाएको छ । संस्थाले ५६ करोड १८ लाख ५६ हजार ८ सय ८४ निक्षेप र ५० करोड २५ लाख ३४ हजार ३ सय ९४ रुपैया ऋण लगानी गरेको छ ।
सोहि अवधिमा २५ प्रतिशत शेयर सदस्य वृद्धि भएर करिब ८० लाख थपिएर ४ करोड ५ लाख ९६ हजार ९ सय शेयर पुँजी पुगेको प्रतिवेदनमा उल्लेख छ । यसका साथै संस्थाले जिल्लाको पातो बजार र हनुमाननगर बजारमा शाखा विस्तार तथा मोबाइल एपमार्फत मोवाइल, ल्याण्डलाईन, डिसहोम, विजुली लगायतका विल भुक्तानी सेवा समेत उपलब्ध गराएको छ ।
संस्थाका अध्यक्ष आशकै अध्यक्षतामा भएको साधारणसभामा संचालक सदस्य दिनेशकुमार साहले स्वागत मनतव्य व्यक्त गरेका थिए भने संचालक सदस्य विजयानन्द झा लगायतले सहकारीको माध्यमले समाजको समृद्धि र विकासमा पु¥याउदै आएका योगदान बारे चर्चा गरेका थिए ।