Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

कृषि क्षेत्रमा नयाँ आयाम, किसानहरु हर्षित

कृषि क्षेत्रमा नयाँ आयाम, किसानहरु हर्षित

विद्यानन्द राम
राजविराज, २१ मंसिर । बढ्दो वैदेशिक रोजगारीले मजदुर अभाव भएका कारण धरासायी बन्दै गएको सप्तरीको कृषि क्षेत्रमा नयाँ आयाम थपिएको छ । धान उत्पादनमा अग्रणी मानिएको सप्तरी जिल्लामा बद्दो वैदेशिक रोजगारीले मजदुर अभाव हुँदा धरासायी बन्दै गएको कृषि क्षेत्रमा नयाँ आयाम थपिएको हो ।
धान रोपाइँको वेला विउ, मल र किटनाशकको अभाव खेप्दै आएका सप्तरीका किसानहरु कटाइको वेला पनि मजदुरको अभाव झेल्दै आएका थिए । मंसिर लाग्दै गर्दा उनीहरुमा चिन्ता थपिएको थियो । तर, एक घण्टामै एक विगाहको धान काटेर दाई (धान झार्ने) समेत सँगै गर्ने मेसिन (हार्वेशटर कम्पाइन) आएपछि किसानहरुमा खुशी छाएको छ ।
‘अभावै अभावका बीच धान वाली लगाएपनि काट्ने वेलामा समेत मजदुर नपाएर आफु जस्ता किसानहरुले हैरानी ब्यहोर्दै आएका थिए’ राजगढ गाउँपालिका–५ का कृषक रामवल्भ साहले भने–‘उपलब्ध मजदुरले पनि दैनिक १० देखि १५ किलोसम्म धान (मजदुरी) र खान माग गरेपछि उत्पादनभन्दा लागत नै बढी लाग्ने गरेको थियो ।’
तर, यतिवेला भने मजदुरको काम मेसिनले नै गर्न थालेपछि आफुहरुलाई राहत भएको उनले बताए । राजगढ गाउँपालिका–५ कै अर्का किसान शिवनारायण साहले पनि प्रति विगाह ६ हजारमा नै मेसिनले धान कटाइदेखि दाईसम्मको काम गर्न थालेपछि आफुहरु खुशी भएर मेसिनबाट धान कटाइ गराउन थालेको बताए ।
सप्तरीमा ७० हजार हेक्टरमध्ये यस वर्ष ६३ हजार ५ सय हेक्टर जग्गामा धान वाली लगाइएको थियो । गत वर्ष ५६ हजार हेक्टर जग्गामा १ लाख ५४ हजार मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष ७ प्रतिशतले वृद्धि भएर १ लाख ७९ हजार ५ सय ५० मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।