राजविराज, २० मंसिर । लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत विहीबार राजविराजमा बृहत ¥याली आयोजना गरियो ।
लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालको आयोजना र राजविराज नगरपालिका, मानवअधिकारका लागि क्रियाशील विभिन्न संघ–संस्था, विद्यार्थीको सहभागितामा लैंङ्गिक हिंसा विरुद्ध बृहत ¥याली आयोजना गरिएको हो । हरिनन्देश्वर महादेव मन्दिरबाट निकालिएको ¥याली नगरपरिक्रमा गर्दै सहिद दशन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
‘लैङ्गिक हिंसा र दुव्र्यवहारः छैन् हामीलाई स्विकार’ मूल नाराका साथ निकालिएको ¥यालीमा लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सफल पारौं, लैंङ्गिक हिंसा अन्त्य गर, अपराधीलाई कडा कारवाही गर, बालविवाह र दाइजो प्रथा उन्मूलन गर, लैङ्गिक विभेद अन्त्य गर सहितका नाराहरु लेखिएको प्ले कार्ड बोकेर सहभागीहरुले नारा लगाएका छन् । सञ्जालका अध्यक्ष इन्सेक प्रतिनिधी मनोहरकुमार पोखरेलले हिंसाले समाजमा पारिरहेको प्रभाव अनुभूति गर्न र आ–आफ्नो भूमिका खोज्नु आवश्यक रहेको बताए ।
नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश झा, महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष अनिता देवकोटा, गैरसरकारी संस्था महासंघका अध्यक्ष शम्भुनन्द चौधरी, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, अधिकारकर्मी जंगबहादुर सिंह, युनिक कलेजकी विद्यार्थी पुजा जोशी लगायतले मन्तव्य व्यक्त गरे ।
कार्यक्रमका वक्ताहरुले हिंसा नगर्ने, हिंसा नसहने र हिंसा देखे प्रतिवाद गर्ने प्रतिवद्धता सबैले गर्नुपर्ने बताए । विभेदपूर्ण समाजिक दृष्टिकोण अन्त्य गर्दै समान शिक्षा, अवसर, समान व्यवहार गर्न नागरिक समाजदेखि राज्यका सबै तह अग्रसर हुनुपर्नेमा वक्ताहरुले जोड दिए । उक्त गणपति गुप्तबहादुर कुँवर, सशस्त्र प्रहरी उपरीक्षक खेम थापा, जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमाल, प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिना लगायतको सहभागिता जनाएका छन् ।
सञ्जालले आगामी २३ गते साँझ गजेन्द्र चोकमा साहसी महिलाहरुको सम्मानमा मैनबत्ती प्रज्वलन र २४ गते दिउँसो राजविराज नगरपालिका कार्यालयमा हिंसा न्यूनिकरणमा सरोकारवालाको भूमिका विषयक अन्तक्रिया गोष्ठि आयोजना गरिने जनाईएको छ ।