Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

सप्तरीलाई हराउँदै सर्लाही ११ सेमीफाइनलमा

सप्तरीलाई हराउँदै सर्लाही ११ सेमीफाइनलमा

राजविराज १९ मंसिर । सप्तरीको कञ्चनरुप नगरपालिका–३ स्थित बरमझियामा जारी ‘प्रदेशस्तरीय हिरोज कप’ फुटबल प्रतियोगिता अन्तर्गत बुधवारको खेलमा सप्तरीलाई हराउँदै सर्लाही ११ सेमीफाइनलमा प्रवेश गरेको छ ।
प्रतिष्पर्धात्मक खेलमा निर्धारित समयसम्म दुबै टिमबाट एक–एक गोल भए पछि ट्राईबेकरको आधारमा खेलको टुङ्गो लगाईएको थियो । जसमा सर्लाही ११ ले सप्तरीलाई हराउन सफल भयो । ५÷५ प्यानेल्टीमा हिरोज स्पोटिङ क्लब सप्तरीसँग ४÷५ले सर्लाही ११ को विजय भए ।
हिरोज स्पोटिङ क्लब सप्तरीका जर्सी नम्वर १४ का खेलाडी चन्द्रकान्त चौधरी म्यान अफ द म्याच घोषित भएका छन् । चौधरीलाई माँ दुर्गा ज्वलर्स बरमझियाका प्रोप्राईटर हरिप्रसाद साह स्वर्णकारले चाँदीको मेडल तथा चौधरी फार्मेसी कञ्चनपुर बजारका प्रोपाईटर माघव चौधरीले दुई हजार रुपैंया सहयोग गरेका छन् ।
प्रतियोगिता अन्तर्गत विहिवारको खेल रौतहट ११ र पर्सा ११ विरगंज बीच खेल हुनेछ । प्रतियोगितामा प्रदेश २ का सबै आठ वटै जिल्लाका फुटबल टिमहरुको सहभागिता रहेको छ । प्रतियोगितामा बिजेता हुने टिमले हिरो कप सहित एक लाख रुपैयाँ प्राप्त गर्ने छन् भने उपबिजेता टिमले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको मिडिया पार्टनर अवलोकित दैनिक रहेको जनाईएको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।