Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

वाक ओभर पाएर महोत्तरी टिम सेमी फाइनलमा प्रवेश

वाक ओभर पाएर महोत्तरी टिम सेमी फाइनलमा प्रवेश

राजविराज १८ मंसिर । सप्तरीको कन्चनरुप नगरपालिका–३ स्थित बरमझियामा सञ्चालित प्रदेश स्तरीय हिरोकप फुटवल प्रतियोगितामा वाकओभर पाएर महोत्तरी ११ सेमी फाइलनमा प्रवेश गरेको छ ।
खेलमा निर्धारित समयसम्म बारा टिम नआएपछि महोत्तरी–११ लाई विजयी घोषित गरिएको छ । वाकओभर पाएसँगै महोत्तरी–११ सोझै सेमी फाइलनमा प्रवेश पाएको छ । कारण बस बारा टिम समयमै उपस्थित हुन नसकेपछि निर्णायक समितिले अर्का प्रतिस्पर्धी टिम महोत्तरी–११ लाई वाक ओभर दिएको आयोजक हिरोज स्पोर्टिङ्ग क्लवका अध्यक्ष विजय कुमार चौधरीले जानकारी दिएका छन् । प्रतियोगिता अन्तर्गत बुधवारको खेल घरेलु टिम बरमझिया–११ सप्तरी र सर्लाही बीच हुने प्रतियोगिता आयोजक समितिका मिडिया पार्टनर अवलोकित दैनिकका प्रमुख सम्वाददता राजकुमार पासवानले बताए ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।