Top_Header_Right_Add

पानीमा डुबेर वेपत्ता मुखियाको शव फेला पर्यो

पानीमा डुबेर वेपत्ता मुखियाको शव फेला पर्यो

राजविराज, १८ मंसिर । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्वर–६ हटैल स्थित कोशी पश्चिमी नहर र खड्ग खोलाको बीचमा जमेको पानीमा डुबेर वेपत्ता युवकको शव फेला परेको छ ।
आइतवार विहानै माछा मार्न नहरमा पसेका वडा नम्वर–३ का हरिहर मुखियाका २४ वर्षिय छोरा रामबाबु मुखिया वेपत्ता भएका थिए । मुखिया बेपत्ता भएको जानकारी पाए लगत्तै खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियवासिन्दा खोजी कार्यमा जुटेकोमा मङ्गलवार साँझ मात्र फेला परेको जनाईएको छ ।
काठमाण्डौबाट पुरुषोत्तम अधिकारीको नेतृत्वमा आएको गोताखोर टोलीले उनको शव बाहिर निकालेको जनाईएको छ । माछा मार्न पानीमा पसेका मुखियाको शव ३५ फिट तलबाट बाहिर निकालिएको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer