Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

व्यवसायिक बाँस खेती गरेर राम्रो आम्दानी

व्यवसायिक बाँस खेती गरेर राम्रो आम्दानी

वृजमान तामाङ
विरेन्द्र वजार, १७ मंसिर । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर ६ रतवलाका रमानन्द लेखीले व्यवसायिक बाँस खेती शुरु गरेका छन् ।
बाँस खेतीवाट राम्रो आम्दानी हुने भएपछि लेखीले व्यवसायिक बाँस खेती गर्न शुरु गरेका हुन् । महुली सामुदायिक विकास केन्द्र र ह्याविटेट फर ह्युमानिटी ईन्टरनेशनलको सहकार्यमा अर्थपुर्ण जीवनका लागि आवास कार्यक्रम अन्तर्गत बाँसको उपयोग गरी आधुनिक सुरक्षित र भरपर्दो घर बनाउन बाँसको माँग बढेकाले बाँस खेती शुरु गरेको लेखीले वताए । आँप, सुन्तला बगैचा भन्दा छिटो र सहज रुपमा आम्दानी लिन सकिने भन्दै लेखीले वाँसको नर्सरी लगाएर विभिन्न प्रजातीका बाँसका विरुवाहरु बेचेर राम्रो आम्दानी लिएको जानकारी गराए ।
बाँसको नर्सरी लगाउन शुरु गरेको ६ महिना मात्र भएको जानकारी दिँदै उनले ३ सय ५० बाँसको विरुवा १ सय ५० रुपैयाँको दरले विक्री गरेको बताए । कुल एक विगहा क्षेत्रफलमा लेखीले लगाएको बाँस बगैचामा मलवास, कटबाँस, धनुबाँस, भालुबाँस, ताप्केबाँस र तारुबाँस जस्ता विभिन्न प्रजातीको उन्नत जातका विरुवा उत्पादन गर्ने गरिएको छ ।
वाँसको विरुवाको माँग दैनिक बढिरहेको हुँदा आफूले पुर्ती गर्न नसकेको लेखीले वताए । उनले वाँसको विरुवाको माँग अन्य जिल्लाहरुवाट वढी आउने गरेको जानकारी दिए । लेखी आफैले पनि वाँसको विरुवा रोपेका छन । बाँसको उत्पादन बढाउँदै घर बनाउँदा काठ जन्यवस्तुको उपयोग न्यूनिकरण गर्न स्थानीय स्तरमै बाँसको आवश्यकता पुर्ती गराउन र बाँसको घर बनाउँदा अन्य ठाउँवाट बाँस आयात गर्नु नपरोस भन्ने उद्देश्यले विउ पँुजीको रुपमा १ लाख ६० हजार रुपैयाँ सहयोग गरेको एमसिडिसीका निर्देशक प्रभुनारायण चौधरीले बताए ।
बाँसको घर बनाउँदा कम लगानी लाग्ने र सुरक्षित र भरपर्दो समेत हुँदा विपदको जोखिमसँगै गरिवी न्यूनिकरणमा टेवा पु¥याउन सकिने हुदा स्थानीयलाई बाँसको आवास निर्माण गर्न प्रोत्साहन गर्न कार्यक्रम ल्याईएको समेत निर्देशक चौधरीले जानकारी दिए । सप्तरीमा नाङ्गलो, मुढा, ढकी लगायतका बाँसका सामग्री बनाउन बाँसको खपत हुने र हाल संस्थाले बाँसको आधुनिक सुरक्षित आवास बनाउन थालेपिछ स्थानीवासिन्दा व्यवसायिक बाँस खेतीतर्फ आकर्षित भएका छन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।