• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
हतियार सहित महिला पक्राउ

राजविराज, १३ मंसिर । सप्तरीको सुरुङ्गा नगरपालिका–३ भुसि महुलियामा अमेरिकन पेस्तोल, त्यसमा लाग्ने म्यागजिन र खोकासहित विहिवार एक महिलालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–५ की ३० वर्षीया गीता सदा रहेको प्रहरीले जनाएको छ । सदाको साथबाट अमेरिकन पेस्तोल, त्यसमा लाग्ने म्यागजिन १ र खोका ३ थान, खुकुरी १, हयाक्सो ब्लेड १ थान लगायतका हतियार बरामद भएको सप्तरीका डिएसपी भावेश रिमालले बताउनु भयो ।
शंकास्पद अवस्थामा देखाएकी महिलाको विषयमा स्थानियले प्रहरीलाई खबर गरेपछि सदालाई पक्राउ गरिएको जनाएको छ । सदामाथि सप्तरी जिल्ला अदालतबाट हात हतियार खरखजाना कसुरमा म्याद थप गराई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।